१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनौठो फैसला : दिनभर अदालतकै एउटा कुनामा बस्नुपर्ने



अ+ अ-

भारतको केन्द्रीय शिक्षा बोर्डका पूर्वअन्तरीम प्रमुख नागेश्वर रावलाई अदालतको अवहेलनामा दोषी ठहर गर्दै दिनभर अदालतकै एउटा कुनामा बस्नुपर्ने फैसला सुनाएको छ ।

साथै उनीमाथि एकलाख भारु जरिवाना पनि गरिएको छ ।

अदालतको अपहेलना मामिलामा फैसलाको एकदिन अघि नै माफी मागिसकेका भएपनि रावविरुद्ध अदालतले फैसला गरेरै छाड्यो ।

उनी मात्र होइन, उनका कानूनी सल्लाहाकार पनि दोषी ठहर भई सोही सजाय पाएका छन् ।

रावले आफूलाई माफी दिन गरेको निवेदन अस्वीकार गर्दै न्यायाधीशले अदालतको अवहेलना गरेको हुँदा यसले रावको करिअरमा असर पर्ने बताएका छन् ।

के हो घटना ?

घटना विहारको मुजफ्फरपूर बालिका गृहको छानविनसँग सम्बन्धित रहेको छ । एम नागेश्वर रावले सीबीआईको अन्तिरम प्रमुख छँदा अदालतको अनुमतिविनै उक्त काण्डको छानविन गर्ने एक अधिकारीलाई बर्खास्त गरेका थिए ।

सोही मुद्दामा अदालतले उनको नाउँमा अदालतमा उपस्थ्ति हुन आदेश गरेको थियो । र अन्ततः त्यसमा फैसला गर्दै अदालतले उनलाई अदालतको अवहेलनामा दिनभर अदालतको कुनामा बस्न आदेश दिएको हो । यो सजाय उनका लागि ठूलै सबक बन्न सक्दछ ।

एजेन्सी