१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक राउण्ड गोली चल्यो, हतकडीसहित भागेका अभियुक्त पक्राउ



अ+ अ-

कैलाली । कैलाली जिल्ला अदालत परिसरबाट मंगलबार भागेका अभियुक्तलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको छ ।

जबर्जस्ती करणी मुद्दाको आरोपमा पक्राउ परेका लम्कीका दिल्प दमाईंलाई जिल्ला अदालतमा म्याद थपका लागि ल्याइएका बेला प्रहरीलाई झुक्याएर उनी फरार भएका थिए ।

हतकडी लगाएकै अवस्थामा फरार भएका उनलाई आज बिहान नियन्त्रणमा लिन खोज्दा भाग्न थालेपछि एक राउण्ड गोली चलाएको हो ।

प्रहरीसँग जम्काभेट हुँदा अभियुक्त भाग्न खोजेकाले गोली चलाउनु परेको कैलाली प्रहरी प्रमुख आभुषण तिम्सेनाले जानकारी दिए । प्रहरीको गोली लागेर दमाइ सामान्य घाइते भएको बताइएको छ ।