१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री रोजगार कार्यक्रम सबै बेरोजगारलाई होइन : मन्त्री विष्ट



अ+ अ-

काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले प्रधानमन्त्री रोजगार कार्यक्रम सबै बेरोजगारहरुको लागि नभएको बताएका छन् ।

उनले निश्चित मापदण्ड पुगेका बेरोजगारहरुलाई मात्रै प्रधानमन्त्री रोजगार कार्यक्रममा समावेश गराईने बताएका हुन् ।

विष्टले भने, “यो कार्यक्रम निरपेक्ष गरिबीको रेखामुिन रहेका, वैदेशिक रोजगारीमा नगएका तथा सरकारले तोकेको सीमा भित्र रहेका परिवारका एक सदस्यले मात्रै हो । सबैले रोजगार पाइन्छ भन्ने कुरा सत्य होइन । सबै बेरोजगारलाई यो कार्यक्रमले समेट्न सक्दैन् ।”

बिष्टले बिपक्षी दलहरु भने जस्तो कार्यकर्ता मात्र पोस्ने कार्यक्रम नभएको जिकिर गर्दै त्यसको ब्यबहारिक पाटोको विश्लेषण पछि मात्र त्यसको जवाफ स्वत आउने दाबी गरे ।