१५ भाद्र २०८३, सोमबार
,
Latest
बहराइनले नेपाललाई दियो ८८ रन रसुवा बाढी : ९०३ जनाको शव फेला, ४ हजार २४७ जना अझै सम्पर्कविहीन बाढीपीडितको उद्धार र राहतका लागि यातायात व्यवसायी महासङ्घले निःशुल्क बससेवा सञ्चालन गर्ने भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित दक्षिण कोरियाली राष्ट्रपतिद्वारा मन्त्रिपरिषद् पुनर्गठनः अर्थ र रक्षासहित ६ मन्त्री मनोनीत रसुवाको भोटेकोशीमा आएको बाढीपछि खोजी तथा उद्धार कार्य तिब्र लस एन्जलसको पोमोनामा वार्षिक ‘बबल रन’ सम्पन्न, १० हजारभन्दा बढीको सहभागिता चीनको सेन्जेनमा २४ सै घण्टा सेवा दिने ‘स्मार्ट फूड लकर’ सञ्चालनमा भोटेकोशी बाढीपीडितका लागि पोखराका स‌ङ्घसंस्था र व्यवसायीको सहयोग आइसल्याण्डका नागरिकद्वारा युरोपेली संघसँगको सदस्यता वार्ता पुनः शुरु नगर्ने पक्षमा मतदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोल्याण्डमा अमेरिकी सेनाको उपस्थितिबारे द्विपक्षीय वार्ता



अ+ अ-

वार्सा । अमेरिकी र पोल्याण्डका विदेशमन्त्रीबीच संयुक्त राज्य अमेरिकाको सेना पोल्याण्डमा उपस्थितिका बारेमा द्विपक्षीय छलफल भएको छ ।


अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र पोलिस विदेशमन्त्री जेस के चापुतोविचबीच उक्त विषयमा बुधबार वार्सामा द्विपक्षीय वार्ता भएको जनाइएको छ ।


हामी दुई जनाबीच यस विषयमा छफफल भएको छ र आगामी दिनमा पनि यो वार्ताले निरन्तरता पाउने अपेक्षा गरिएको छ– पोलिस विदेशमन्त्री जेस के चापुतोविचले बताउनुभयो ।
उहाँले आगामी दिनमा यस विषयमा राजनीतिक वार्ताहरु निरन्तर रहने जानकारी पनि पोलिस विदेशमन्त्रीले जानकारी दिनुभएको छ ।


उहाँहरु दुई जनाबीच बुधबार नर्थ एट्लान्टिक ट्रिटी अर्गनाइजेसन्स् ९नेटो० को अमेरिकी सेनाहरु रहेको स्थानमा पनि भेटवार्ता हुने भएको छ । उक्त स्थान पोल्याण्डको उत्तरी क्षेत्रमा पर्दछ ।

उक्त स्थानमा मध्यपूर्वी देशका समस्याहरुका बारेमा सम्मेलन हुने भएको छ । उक्त सम्मेलनमा नेटो देशका पनि केही देशका विदेशमन्त्रीहरु रहने अनुमान गरिएको छ ।

पोल्याण्डले आफ्नो देशमा अमेरिकी सेनाको स्टेशन राख्न प्रस्ताव गरिरहेको छ । उक्त स्टेशन स्थायी प्रकृतिको हुने, सो क्षेत्रमा अमेरिकी सेनाहरु रहने प्रस्ताव पोल्याण्डको रहेको छ ।

त्यसका लागि अमेरिकाले पोल्याण्डलाई करिब दुई अर्ब अमेरिकी डर बराबरको आर्थिक सहायता दिनुपर्ने छ । केही समयअघिदेखि पोल्याण्डले अमेरिकालाई यो प्रस्ताव गरेको हो ।

पोम्पेओ हाल युरोपको भ्रमणमा हुनुहुन्छ । उहाँले युरापेली देशहरु हंगेरी र स्लोभाकिया र पोल्याण्डको भ्रमणमा निस्किनुभएको छ । यस क्रममा उहाँ बुधबार पोल्याण्ड पुग्नुभएको हो ।