१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश सरकारको ५० लाख लागतमा लोकतान्त्रिक उद्यान पार्क बन्दै, अपुग रकम विद्यालयबाट उठाइने



अ+ अ-

काठमाडौँ । प्रदेश नम्बर ३ सरकारले ५० लाख रुपैयाँको लागतमा लोकतान्त्रिक उद्यान पार्क निर्माणको कार्य थालेको छ ।

उक्त पार्क काठमाडौँको तारकेश्वर नगरपालिका–१० स्थित खर्क चौरमा निर्माण गरिन लागिएको हो । वडाध्यक्ष अमृत थापाका अनुसार सरकारले ५० लाख र बाँकी रकम स्थानीय संघसंस्था तथा विद्यालयबाट उठाइने योजना रहेको छ ।

सार्वजनिक जग्गाको उपयोग गर्दै प्रत्येक वडामा एउटा पार्क निर्माण गर्ने कार्यक्रमअन्तर्गत उक्त पार्कको निर्माण शुरु गरिएको थापाले बताए ।