१५ भाद्र २०८३, सोमबार
,
Latest
बहराइनले नेपाललाई दियो ८८ रन रसुवा बाढी : ९०३ जनाको शव फेला, ४ हजार २४७ जना अझै सम्पर्कविहीन बाढीपीडितको उद्धार र राहतका लागि यातायात व्यवसायी महासङ्घले निःशुल्क बससेवा सञ्चालन गर्ने भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित दक्षिण कोरियाली राष्ट्रपतिद्वारा मन्त्रिपरिषद् पुनर्गठनः अर्थ र रक्षासहित ६ मन्त्री मनोनीत रसुवाको भोटेकोशीमा आएको बाढीपछि खोजी तथा उद्धार कार्य तिब्र लस एन्जलसको पोमोनामा वार्षिक ‘बबल रन’ सम्पन्न, १० हजारभन्दा बढीको सहभागिता चीनको सेन्जेनमा २४ सै घण्टा सेवा दिने ‘स्मार्ट फूड लकर’ सञ्चालनमा भोटेकोशी बाढीपीडितका लागि पोखराका स‌ङ्घसंस्था र व्यवसायीको सहयोग आइसल्याण्डका नागरिकद्वारा युरोपेली संघसँगको सदस्यता वार्ता पुनः शुरु नगर्ने पक्षमा मतदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘शहीदको बलिदानीबाटै राजनीतिक परिवर्तन सम्भव’



अ+ अ-

रुपन्देही । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले शहीदहरुको बलिदानीका कारण मुलुकको समृद्धि र विकासले गति लिएको बताउनुभएको छ । जनयुद्धको २४ औँ वार्षिकोत्सवको अवसर पारेर आजदेखि बुटवलमा शुरु शहीद स्मृति कप खुला नकआउट फुटबल प्रतियोगिताको उद्घाटन समारोहमा उहाँले शहीदको बलिदानीको परिणामस्वरुप नै मुलुकमा राजनीतिक परिवर्तन सम्भव भएको धारणा राख्नुभयो ।

उहाँले आजकै दिनमा प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा भएको स्मरण गर्दै अबका दिनमा कसैले पनि रोजगारीको हकबाट वञ्चित हुनु नपर्ने उल्लेख गर्नुभयो । मुख्यमन्त्री पोखरेलले भन्नुभयो, “आजको दिन ऐतिहासिक दिन हो, यो दिन युवाका लागि कोशेढुङ्गा सावित हुनेछ ।” परिणामलाई सहजै स्वीकार गर्ने खेलाडीको संस्कारबाट राजनीतिक नेतृत्वले पाठ सिक्नुपर्ने भन्दै उहाँले यसले राजनीतिक संस्कृतिलाई व्यवस्थित गर्ने बताउनुभयो ।

कार्यक्रममा शहीद परिवारलाई सम्मान गरिएको थियो । शहीद स्मृति खेलकूद क्लबको आयोजना र मदन भण्डारी स्पोटर्स एकेडेमीको सहकार्यमा आयोजना गरिएको प्रतियोगितमा १० समूहको सहभागिता रहेको क्लबका अध्यक्ष योगेन्द्र गौतमले जानकारी दिनुभयो । प्रतियोगिताको उपाधि विजेताले नगद रु एक लाख एक हजार, मेडल, कप, प्रमाणपत्र तथा उपविजेतालाई नगद रु ५० हजार ५०० सहित पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् ।