१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनीको चोरी पैठारी नियन्त्रण गर्न माग



अ+ अ-

काठमाडौँ । नेपाल चिनी उद्योग सङ्घले अवैधरुपमा विदेशबाट भइरहेको चिनीको चोरी पैठारी नियन्त्रण गर्न माग गरेको छ ।

आज आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष शशीकान्त अग्रवालले चोरी पैठारीले गर्दा स्वदेशमा उत्पादित चिनीले स्वस्थ्य प्रतिस्पर्धा गर्न नसक्ने हुँदा त्यसको आयातमा समेत कडाइ गर्न आग्रह गर्नुभयो ।

चिनी उद्योगले वस्तु बिक्रीपछि कृषकको भुक्तानीलाई निरन्तरता दिइरहेको जानकारी दिँदै उहाँले हाल कायम रहेको चिनीको परिमाणात्मक आयातलाई सरकारले यथावत राख्नुपर्नेमा जोड दिनुभयो ।

महासचिव राजेशकुमार केडियाले सरकारले कृषकलाई दिने अनुदान रकम रु दुई अर्ब ५० करोडमध्ये रु ८० करोड उपलब्ध गराउन बाँकी रहेको बताउनुभयो ।

स्वदेशमा दुई लाख ५० हजार मेट्रिक टन चिनीको माग रहेको भए पनि एक लाख ७८ हजार मेट्रिक टन उत्पादन भएको तथा नपुग परिमाण अन्य मुलुकबाट आयात हुने गरेको जनाइएको छ ।