१५ भाद्र २०८३, सोमबार
,
Latest
बहराइनले नेपाललाई दियो ८८ रन रसुवा बाढी : ९०३ जनाको शव फेला, ४ हजार २४७ जना अझै सम्पर्कविहीन बाढीपीडितको उद्धार र राहतका लागि यातायात व्यवसायी महासङ्घले निःशुल्क बससेवा सञ्चालन गर्ने भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित दक्षिण कोरियाली राष्ट्रपतिद्वारा मन्त्रिपरिषद् पुनर्गठनः अर्थ र रक्षासहित ६ मन्त्री मनोनीत रसुवाको भोटेकोशीमा आएको बाढीपछि खोजी तथा उद्धार कार्य तिब्र लस एन्जलसको पोमोनामा वार्षिक ‘बबल रन’ सम्पन्न, १० हजारभन्दा बढीको सहभागिता चीनको सेन्जेनमा २४ सै घण्टा सेवा दिने ‘स्मार्ट फूड लकर’ सञ्चालनमा भोटेकोशी बाढीपीडितका लागि पोखराका स‌ङ्घसंस्था र व्यवसायीको सहयोग आइसल्याण्डका नागरिकद्वारा युरोपेली संघसँगको सदस्यता वार्ता पुनः शुरु नगर्ने पक्षमा मतदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

समलिंगी विवाह सम्बन्धी चलचित्र ‘म होइन म’ले एक करोड भ्यूज पायो (भिडियो सहित)



अ+ अ-

काठमाडौं समलिंगी विवाह सम्वन्धी चलचित्र ‘म होइन म’ ले एक करोड भ्यूज पाएको छ । पहिचान मिडियाको युट्युव च्यानलमा एक बर्ष अगाडि अपलोड भएको चलचित्र म होइन म ले एक करोड भ्युज पाएको हो ।

नील हिरा समाजले निर्माण गरेको चलचित्र हलमा भने प्रदर्शन भएको छैन । युट्युवमा झण्डै नौ सय प्रतिक्रिया पाएको म होइन म चलचित्रले समलिंगी व्यक्तिलाई घर, परिवार र समाजले गर्ने व्यवहार देखाएको छ ।

चलचित्रको सुरुवात एक भव्य महल, पार्किङमा गाडी, समाजमा उच्च इज्जत भएको परिवारमा कान्छो छोराको विवाहबाट हुन्छ । विवाहको रात दुलाहा (अभिषेक र दुलही सिर्जना) को सुहागरातलाई परिवार र उसका साथीहरूले चासोका साथ ढोकाबाट चिहाई चिहाई हेर्छन् । दुलाहा दुलहीको कोठामा राति के भयो अभिषेकको साथी राज, उसकी श्रीमती सीमा र उसकी अर्की साथी मात्रै होइन, उनका बाबुआमा र दाइले पनि जान्न खोज्छन् ।

आफैँले आफ्नो बारे परिवारलाई नबुझाए समाजले पनि नबुझ्ने निष्कर्षमा पुगेको अभिषेक भन्छ– तपाईंहरूलाई मलाई देखेर लाज लाज्छ, तर मलाई के लाग्छ तपाईंहरू सुन्न सक्नुहुन्छ ? मलाई मेरो पूरै परिवार देखेर लाज लाग्छ । आमाले मेरो समलिंगी व्यवहारलाई रोग सम्झनु भयो । मलाई बुझ्दै नबुझी यो विवाहको नौटंकी गर्नुभयो । बुबाले त आजसम्म मेरो अनुहार नै हेर्नु भएको छैन.।

जब अभिषेकले आफैं खुलेर परिवारलाई आफ्नो बारे कुरा राख्छ, तब उसको परिवारले स्वीकार गर्छ । परिवारले अभिषेकलाई गरेको व्यवहारप्रति पश्चाताप व्यक्त गर्छ । झुक्काएर गरिएको विवाहबाट सिर्जना मुक्त हुन्छे । अन्त्यमा सिर्जना र अभिषेक आ–आफ्नो नयाँ जीवन सुरु गर्न स्वतन्त्र हुन्छन् । अनि चलचित्र सकिन्छ ।

यो चलचित्र ‘मानव अधिकार अन्तराष्ट्रिय फिल्म महोत्सव–२०१७’ मा समेत दखाइएको थियो । समलिंगी सम्बन्धलाई लिएर बनाइएको चलचित्र ‘म होइन म’ इलम दीक्षितले निर्देशन गरेका हुन् । ८० मिनेट लामो चलचित्रले आफ्नै परिवारले फरक यौनिकता स्वीकार नगरेसम्म समाज र राज्यले स्वीकार गर्दैन भन्ने सन्देश दिने यो चलचित्र नेपालकै पहिलो समलैंगिक सम्बन्धलाई लिएर बनाइएको चलचित्र हो ।

भिडियो