१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री रोजगार कार्यक्रमले धनी र गरिबको खडल पुर्छ : मन्त्री विष्ट



अ+ अ-

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले नेपालमा पसिना बगाएर बाँच्ने श्रमजिवीहरु अहिले पनि अपहेलित हुनुपर्ने अवस्था रहेको बताएका छन् ।

सम्मानजनक रुपमा श्रम गर्ने वातावरण अझै नबनेकोले धनी बन्नेहरुले उच्च प्रतिष्ठा र सम्मान पाउने कायमै बताएका हुन् ।

बुधबार ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा समारोहमा उनले भने, नेपाली समाजमा श्रमलाई सम्मान गर्ने संस्कृतिको अभावमा अहोरत्र पसिना बगाएर बाँच्ने श्रमजिवीहरु अपहेलित हुनुपर्ने ? तर, श्रम नगरिकनै धनी बन्नेहरुले उच्च प्रतिष्ठा र सम्मान पाउने अवस्था अद्यावधिक छ ।’

मन्त्री विष्टले श्रमको सम्मान नभए विकासका लागि बाधक पुग्ने बताए ।उनले धनी र गरिब बीचको खडल पुर्न प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी हुने बताएका छन् ।

आन्तरिक रोजगारी सिर्जना गरी बेरोजगारी समस्या अन्त्य गर्ने उद्देश्यले यो कार्यक्रम आएको उनले बताए ।