१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस केन्द्रीय कार्य समितिको बैठकमा चर्काचर्की



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा चर्काचर्की परेको छ । बैठकमा पदाधिकारी र सदस्य स्वतः महाधिवेशन र क्षेत्रीय प्रतिनिधि बन्ने प्रावधान राख्ने र नराख्ने बिषयमा छलफल चलिरहदाँ विवाद उत्कर्षमा पुगेको हो ।

विधानमा पार्टी पदाधिकारी र केन्द्रीय सदस्यहरू महाधिवेशन प्रतिनिधि र पूर्वपदाधिकारी तथा सदस्यहरू, जिल्ला सभापति, क्षेत्रीय सभापति, संघीय संसदका सदस्य तथा उम्मेदवार, प्रदेशसभाका सांसद र सांसदका उम्मेदवार स्वतः क्षेत्रीय प्रतिनिधि हुन पाउने व्यवस्था छ ।

महासमिति बैठकमा ५० भन्दा बढी जिल्ला सभापतिहरूले यो प्रावधान संशोधन गरी समानुपातिक तथा समावेशी सिट दोहोर्याउन नहुने व्यवस्था विधानमा राख्न प्रस्ताव दर्ता गरेका थिए ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा माघ १० गतेदेखि केही दिन रोकिदै चल्दै आएको बैठकमा मंगलबारदेखि यो विवाद उत्कर्षमा पुगेको छ ।