१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

घुस लिएको आरोपमा न्यायालयका सुब्बा पक्राउ



अ+ अ-

काठमाडौँ । काठमाडौँ जिल्ला अदालत, बबरमहल, काठमाडौंका फाँट नम्बर २६ मा कार्यरत नायव सुब्बा भोलानाथ चालिसे पक्राउ परेका छन् ।

चालिसेले सवारी ज्यान मुद्दा सहज गराइ दिने भनी विभिन्न बहाना बनाई सेवाग्राहीसँग पाँच लाख घुस रकम माग गरि रहेको भन्ने सूचना उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालबाट खटिई गएको टोलीले पक्राउ गरेको हो ।

साथै नायव सुब्बा भोलानाथ चालिसेले अनुसन्धानको क्रममा बयान गर्दा उक्त बरामद रकम काठमाडौं जिल्ला अदालतका न्यायाधीश बाबुकाजी बानियाँको ईजलाशमा बिचाराधिन रहेको मुद्दा मिलाइदिने कार्यको लागि लिएको बताएका छन् ।

उनले सवारी ज्यान मुद्दाका प्रतिवादीलाई सजाय कम गरी दिने भनी न्यायाधीश बाबुकाजी बानियाँको सल्लाह र सहमतिमा लिएको भनी उल्लेख गरेका हुन् ।