२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेशबाटै स्मार्ट लाइसेन्स



अ+ अ-

काठमाडौँ । सरकारले प्रदेश कार्यालयबाटै सवारी चालक अनुमतिपत्र स्मार्ट लाइसेन्स प्रिन्ट हुने गरी अधिकार प्रत्यायोजन गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय निर्णयानुसार अब प्रदेश कार्यालय मातहत रहने यातायात कार्यालयबाटै स्मार्ट लाइसेन्स प्रिन्ट हुने भएको हो । समयमा नै स्मार्ट लाइसेन्स नपाइएको गुनासो बढेपछि उक्त अधिकार प्रत्यायोजन गरिएको हो ।

यस्तै विभागबाट मात्र लाइसेन्स छापिँदा प्रदेशमा पुग्न समय लाग्ने र लाइसेन्स पाउन महिनौँ कुर्नुपर्ने भएपछि प्रदेश सरकारमार्फत लाइसेन्स वितरण गर्न लागेको बताइएको छ । नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ ।