३० आश्विन २०८१, बुधबार
,
Latest
डडेल्धुरा बस दुर्घटना: मृतकको सङ्ख्या पाँच पुग्यो, घाइते १२ जनालाई धनगढी ‘रिफर’ इजरायली सेनाद्वारा बुधबार पनि बेरुतमा आक्रमण बाढी, पहिरोपछिको पुनःनिर्माण र पुनःव्यवस्थापनका काम छिट्टै अघि बढ्छ : प्रधानमन्त्री कात्तिक महिनाका लागि पनि वाणिज्य बैंकहरूले घटाए ब्याजदर नोबेल पुरस्कार विजेता हानद्वारा लिखित १० लाख प्रति पुस्तक विक्री दशैँ मनाउन गाउँ गएका फर्किन थालेसँगै बढ्यो काठमाडौंमा चहलपहल निश्चल बस्नेतले ‘बेहुली फ्रम मेघौली’ हलबाट उतारे ‘सहयोग माग्न आउनेलाई रित्तो हात फर्काउँदिन’ जापानमा बर्डफ्लु सङ्क्रमणपछि उच्च सतर्कता सवारी दुर्घटना गराई भागेपछि…
तपाईं के खोज्दै हुनुहुन्छ ?

१० महिनादेखी हराएकी छोरी भेट्दा आमा दङ्ग !



अ+ अ-

काठमाडौं । झापाको बुद्धशान्ति ७ सुनमाईकी १३ वर्षीय किशोरी ईश्वरा गदाल हराएको १० महिना बितिसकेको थियो । आमा भीममायाले पनि छोरी फर्किन्न होला भनेर लगभग माया मारिसकेकी थिइन् । तर दुई साताअघि मेचीनगर नगरपालिकाबाट खबर आयो ‘छोरी भारतको कोचविहारमा छिन् ।’

दस महिनादेखि बेपत्ता छोरीलाई भेट्दा उनले बुधबार आँसु थाम्नै सकिनन् । ‘छोरी अब फर्किन्न होला भन्ने लागेको थियो,’ भनिन्, ‘आँखाअघि छोरीलाई देख्दा ज्यादै खुसी लागको छ ।’ पश्चिम बंगालको कोचविहारस्थित सरकारी स्वामित्वको बालिका आवस गृहबाट आएको एक टोलीले ईश्वरालाई स्थानीय सरकारसमक्ष बुझायो ।

उनी १० महिनादेखि त्यही बालिका गृहमा आश्रित थिइन् । नगरका सामाजिक विकास अधिकृत अनन्त वस्तीले बालिका बुझेका थिए । वस्तीले बालिका लिएर आएको टोलीप्रति आभार पनि प्रकट गरे । यो समाचार कान्तिपुरमा प्रकाशित छ ।