१५ भाद्र २०८३, सोमबार
,
Latest
बहराइनले नेपाललाई दियो ८८ रन रसुवा बाढी : ९०३ जनाको शव फेला, ४ हजार २४७ जना अझै सम्पर्कविहीन बाढीपीडितको उद्धार र राहतका लागि यातायात व्यवसायी महासङ्घले निःशुल्क बससेवा सञ्चालन गर्ने भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित दक्षिण कोरियाली राष्ट्रपतिद्वारा मन्त्रिपरिषद् पुनर्गठनः अर्थ र रक्षासहित ६ मन्त्री मनोनीत रसुवाको भोटेकोशीमा आएको बाढीपछि खोजी तथा उद्धार कार्य तिब्र लस एन्जलसको पोमोनामा वार्षिक ‘बबल रन’ सम्पन्न, १० हजारभन्दा बढीको सहभागिता चीनको सेन्जेनमा २४ सै घण्टा सेवा दिने ‘स्मार्ट फूड लकर’ सञ्चालनमा भोटेकोशी बाढीपीडितका लागि पोखराका स‌ङ्घसंस्था र व्यवसायीको सहयोग आइसल्याण्डका नागरिकद्वारा युरोपेली संघसँगको सदस्यता वार्ता पुनः शुरु नगर्ने पक्षमा मतदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

४० हजार टन स्वदेशी चिनी गोदामै थन्कियो



अ+ अ-

काठमाडौं । स्वदेशी चिनीले आयतित चिनीसँग प्रतिस्पर्धा गर्न नसक्दा बिक्री नभई लामो समयदेखि गोदाममै थन्किकोले आयातित चिनीको भन्सार दर बढाउन व्यवसायीले माग गरेका छन् । आयातलाई नियन्त्रण नगर्ने हो भने किसानलाई उखुको भुक्तानी दिन नसकिने उनीहरुको भनाई छ ।
४० हजार टन चिनी बिक्री नभइ मौज्दातमा रहेपछि उखु कृषकको रकम भुक्तानी गर्न नसकेको उद्योगीले बताएका छन् । खुल्ला सीमानाको कारण सस्तो मूल्यमा चिनी आयात भई स्वदेशी उत्पादनले प्रतिस्पर्धा गर्न नसक्दा बिक्री नभई गोदाममा थन्किएको उनीहरुको दाबी छ ।

नेपाली चिनी उत्पादक संघका अनुसार अहिले विभिन्न १४ वटा चिनी उद्योगसँग ४० हजार टन चिनी मौज्दातमा छ । स्वदेशी चिनीको लागम महँगो हुँदा बिक्री नभई एक वर्षदेखि गोदाममा थन्किँदा किसानको रकम भुक्तानी गर्न नसकेको संघका अध्यक्ष शशीकान्त अग्रवालको भनाई छ । यो समाचार कारोबार दैनिकमा छ।