१५ भाद्र २०८३, सोमबार
,
Latest
बहराइनले नेपाललाई दियो ८८ रन रसुवा बाढी : ९०३ जनाको शव फेला, ४ हजार २४७ जना अझै सम्पर्कविहीन बाढीपीडितको उद्धार र राहतका लागि यातायात व्यवसायी महासङ्घले निःशुल्क बससेवा सञ्चालन गर्ने भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित दक्षिण कोरियाली राष्ट्रपतिद्वारा मन्त्रिपरिषद् पुनर्गठनः अर्थ र रक्षासहित ६ मन्त्री मनोनीत रसुवाको भोटेकोशीमा आएको बाढीपछि खोजी तथा उद्धार कार्य तिब्र लस एन्जलसको पोमोनामा वार्षिक ‘बबल रन’ सम्पन्न, १० हजारभन्दा बढीको सहभागिता चीनको सेन्जेनमा २४ सै घण्टा सेवा दिने ‘स्मार्ट फूड लकर’ सञ्चालनमा भोटेकोशी बाढीपीडितका लागि पोखराका स‌ङ्घसंस्था र व्यवसायीको सहयोग आइसल्याण्डका नागरिकद्वारा युरोपेली संघसँगको सदस्यता वार्ता पुनः शुरु नगर्ने पक्षमा मतदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

रियल मड्रिडद्वारा अजाक्स पराजित



अ+ अ-

काठमाडौँ । मड्रिडले च्याम्पियन्स लिग फुटबलअन्तर्गत प्रिक्वाटरफाइनलको पहिलो लेगमा जित हात पारेको छ ।

बुधबार राति भएको खेलमा स्पेनिस क्लब रियल मड्रिडले डच क्लब अजाक्सलाई २–१ गोलअन्तरले पराजित गरेको हो । रियल मड्रिडको जितमा करिम बेन्जिमा र मार्को एसेन्सियोले गोल गरे । यता, अजाक्सका लागि भने हाकिम जियचले गोल फर्काएका थिए ।

पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको रियलले दोस्रो हाफमा दुई गोल गर्दा एक गोल खाएको थियो । खेलको ६०औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।

७५औं मिनेटमा अजाक्सका लागि जियचले गोल गर्दै खेल १–१ गोलको बराबरीमा ल्याएका थिए । तर ८७औं मिनेटमा एसेन्सियोले गोल गर्दै रियलको जित सुनिश्चित गरे ।

रियलले अब च्याम्पियन्स लिगको दोस्रो लेगमा अजाक्ससँग आफ्नै घरेलु मैदानमा खेल्नेछ ।