१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोटनह्यामद्वारा डर्टमन्ड पराजित



अ+ अ-

काठमाडौं । इंग्लिस क्लब टोटनह्यामले च्याम्पियन्स लिग फुटबलअन्तर्गत प्रिक्वारटफाइनलमा बोरुसिया डर्टमन्डलाई पराजित गरेको छ ।

बुधबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा टोटनह्यामले बोरुसिया डर्टमन्डलाई ३–० गोलअन्तरले पराजित गरेको हो । टोटनह्यामको जितमा सोन हेयुङ मिन, फेर्नान्डो लोरेन्टेले र जान भेर्टोङहेनले समान १–१ गोल गरे ।

पहिलो हाफमा गोलरहित बराबरी खेलेको टोटनह्यामले खेलको ४७औं मिनेटमा सोन हेयुङको गोलबाट अग्रता लिएको थियो ।

खेलको ८३औं मिनेटमा भेर्टोङहेनको गोलबाट २–० को अग्रता बनाएको टोटनह्यामले ८६औं मिनेटमा अर्को गोल थप्न सफल भयो । यो पटक भने लोरेन्टेले गोल गरेका थिए ।

लोरेन्टेको गोलसँगै ३–० गोलको अग्रता बनाएको टोटनह्यामले बाँकी समयमा डर्टमन्डलाई रोक्दै खेल आफ्नो पक्षमा पार्न सफल भयो ।