१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको झण्डा राखेर काठमाडौँमा रेल र समुन्द्रमा पानीजहाज छिट्टै कुद्दैछ



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पानीजहाज कार्यालयको उद्घाटन गरेका छन् ।

ललितपुरको एकान्तकुनामा प्रधानमन्त्री केपी ओलीले बिहीबार पानी जहाज कार्यालयको उद्घाटन गरेका हुन् । एकान्तकुना स्थित चक्रपथ सुधार आयोजनाको कार्यालयलाई पानीजहाज कार्यालय बनाइएको छ ।

भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत स्थापना भएको पानी जहाज कार्यालयको नेतृत्व प्राविधिक तर्फका सह सचिवले गर्नेछन् ।

कार्यक्रममा बोल्दै भौतिक योजना तथा पूर्वाधार मन्त्री रघुवीर महासेठले नेपालको झण्डा राखेर छिट्टै पानीजहाज कुदने बताए ।

उनका अनुसार पानीजहाज कार्यलयमा १६ जना कर्मचारी नियुत्ति गरिने छ ।