२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ स्वास्थ्य बिमामा नयाँ मोडालिटीका साथ ‘फ्रेस स्टार्ट’ गर्छौँ : मन्त्री मेहता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने अफगानिस्तानमा विस्फोट हुँदा ७ जनाको मृत्यु दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटक भित्र्याउन पूर्वाधारमा जोड दिनुपर्छ : उपराष्ट्रपति पुन



अ+ अ-

कञ्चनपुर । उपराष्ट्रपति नन्दबहादुर पुनले कञ्चनपुर बेदकोट नगरपालिका–४ स्थित शिवलिङ्गेश्वर (लिङ्गा) क्षेत्रको आज विहान स्थलगत अवलोकन गर्नुभएको छ ।

सो अवसरमा उहाँले भौतिक पूर्वाधार निर्माण गर्न सके यहाँ आन्तरिक र बाह्य धार्मिक पर्यटकलाई भित्र्याउन सकिने उल्लेख गर्दै धार्मिक पर्यटकका लागि उच्च सम्भावना बोकेको यस क्षेत्रको विकासका लागि सम्बन्धीत सबैको सहयोग, समन्वय र सहकार्यको खाँचो रहेको बताउनुभयो ।

यो क्षेत्र पर्यटकीय हिसाबले महत्वपूर्ण छ उहाँले भन्नुभयो, “पहिलो पटक यस क्षेत्रमा पुग्ने मौका पाए, यो क्षेत्र पर्यटकीय सम्भावना बोकेको क्षेत्रका रुपमा रहेको छ ।”

शिवलिङ्गेश्वर (लिङ्गा) क्षेत्र आन्तरिक पर्यटकको गन्तव्यका रुपमा रहेको छ । टाढाबाट दृश्य नियाल्दा ढुङ्गालाई ठाउँ ठाउँमा ठिङ्ग उभ्याई दिए जस्तो अनुभव हुने यस क्षेत्रको नजिक गएर हेर्दा माटोबाट बनेको पहाडका आकृति देख्दा जो कोही पनि आश्चर्यमा पर्ने गरेका छन् ।

यस क्षेत्रमा नगरपालिकाले सेल्फी प्वाइन्ट निर्माण गरिदिएपछि सेल्फी लिन यहाँ युवायुवतीहरुको भीड लाग्ने गर्छ ।