१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

डीपीएल क्रिकेट : अतरियाको दोस्रो जित, रुपन्देही च्यालेन्जर्स पराजित



अ+ अ-

काठमाडौँ । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगितामा दोस्रो खेलमा पनि सीवाईसी अतरियाले जित हात पारेको छ ।

फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अत्तरियाले रुपन्देही च्यालेन्जर्सलाई ३९ रनले पराजित गरेको हो । १२२ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको रुपन्देहीले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा ८२ रन मात्रै बनायो । रुपन्देहीका लागि सुमित महर्जन २२ रनमा अविजित रहे । त्यस्तै, सन्दीप सुनारले १५, प्रदीप ऐरी र विक्रम सोबले समान १४/१४ रन बनाएपनि अन्य खेलाडी सस्तैमा समेटिए ।

बलिङतर्फ कप्तान दीपेन्द्रसिंह ऐरी, सन्नी पटेल, भुवन कार्की र दीपेन्द्र रावतले समान २(२ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अत्तरियाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १२१ रन बनाएको थियो । अत्तरियाका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ६७ रन बनाए । उनले ५० बलमा १० चौका र एक छक्का प्रहार गरे ।

बलिङतर्फ रुपन्देहीका ललित भण्डारीले तीन विकेट लिए ।