१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘आइस ड्रग’ कारोबारी पक्राउ



अ+ अ-

काठमाडौँ । आइस ड्रग्स भनिने एम्फेटाइमिन सहित लम्जुङको मर्स्याङ्दी–४ का ४८ वर्षीय टेकबहादुर तामाङ पक्राउ परेका छन् ।

महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठौरका अनुसार लागूऔषध कारोबार भइरहेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उलनाई काठमाडौं–२६, खुशीबु क्षेत्रबाट पक्राउ गरेको हो ।

खनतलासी गर्ने क्रममा तामाङको शरीरबाट ५१ ग्राम लागूऔषध भेटिएको राठौरको भनाइ छ । तामाङलाई महानगरीय प्रहरी परिसर, टेकु बुझाइएको छ ।