१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस सांसद देवकोटाको प्रश्न – भैसी कस्तो ब्यायो, दूध ककसले खायो ?



अ+ अ-

काठमाडौँ । राष्ट्रियसभाकी सांसद अनिता देवकोटाले केपी सरकारले हासिमजाक गर्दै एक वर्षे कार्यकाल बिताएको आरोप लगाएकी छिन् ।

राष्ट्रियसभाको बिहीबार बसेको बैठकमा बोल्दै उनले भनिन्, ‘हिजो मात्रै प्रधानमन्त्री ज्यूले भैसी पनि ब्यायो, दूध पनि दियो भन्नु हुन्थ्यो । भैसी कस्तो ब्यायो ? दूध कोकोलाई पुग्यो सभाध्यक्ष ज्यू ? ’

उनले विशेष समयमा बोल्दै भनिन्, ‘भैसीको दूध सिंहदरबारभित्र मात्रै पुग्ने गरेको छ ।’

प्रधानमन्त्री ओलीले बुधबार ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’मा सरकारको एक वर्षे सफलता सुनाउँदै ‘हेर्दाहेदैै भैसी ब्यायो १ दूध पनि दियो, पाडी पनि पायो १ ‘ नेपाली जनताले देख्न खोजेको दिन यही हो’ भनेका थिए ।