१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा सरकारमा विधि र गति दुवै छैन, ओलीले काम गर्ने मेसो नै पाएका छैनन् : नेता पौडेल



अ+ अ-

मोरङ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केपी सरकारले काम गर्ने मेसो नै नपाएको आरोप लगाएका छन् ।

विराटनगरमा बिहिबार पत्रकारसँगको कुराकानीमा उनले नेकपा सरकारमा विधि र गति दुवै नभएको कारण काम गर्ने कुरामा कुनै मेसो नपाएको बताएका हुन् । उनले बिना प्राथमिकताको आधारमा सरकार अगाडि बढेको कारण अल्मलिएको बताए ।

पौडेलले पार्टीको महासमितिले विधानलाई परिमार्जन र परिस्कृत गर्न दिएको म्याण्डेट अनुसार नेतृत्व अघि बढ्न नसकेको आरोप लगाए । ‘पार्टी सभापति शेरबहादुर देउवासँग बहुमत छ र त्यसको बलमा पार्टीलाई हाँक्न खोज्दै हुनुहुन्छ,’ उनले भने, ‘यो पार्टी र मुलुक दुवैको हित विपरित छ ।’

पौडेलले कांग्रेसले अहिले आफ्ना एजेण्डा लिई मिलेर जनातासामू जानुपर्ने बेला आएको बताए । नेता कार्यकर्तालार्य व्यवस्थित र पार्टीलाई सुधारेर अघि बढ्नुको विकल्प नभएको उनको भनाई छ ।