३ मंसिर २०८१, सोमबार
,
Latest
प्रधानन्यायाधीशको स्मरणमा पूर्वसभामुख ढुङ्गाना: ‘पदको मोहमा कहिलै लाग्नुभएन’ बेरुतमा भएको इजरायली हमलामा हिजबुल्लाह अधिकारीसहित छ जनाको मृत्यु फिल्म ‘इमर्जेन्सी’ को नयाँ रिलिज मिति घोषणा मोतिविन्दुको शल्यक्रियापछि ३२ जनाले पाए दृष्टि यी कुरा गल्तिले पनि आफ्नो पार्टनरलाई भन्नु हुँदैन, अन्यथा सम्बन्ध बिग्रिन सक्छ नेपाल विकासशील मुलुकमा स्तरोन्नति हुँदा धेरै चुनौतिहरु आँउछन्ः सचिव मरासिनी ऐतिहासिक चन्दन भराटेश्वर महादेव मन्दिर परिसरमा पूर्वाधार निर्माण थालियो विकासशील मुलुकमा स्तरोन्नति हुँदा स्टार्टअप उद्यमको विकास गर्नु अपरिहार्यः अध्यक्ष ढकाल मङ्सिर १५ गते ‘टुर दी बाँके नेसनल पार्क’ को आयोजना श्रीलङ्कामा नयाँ मन्त्रिपरिषद् द्वारा शपथ ग्रहण
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलम्पिक दोस्रो चरणको छनोट : नेपाल र भारत एउटै समूहमा



अ+ अ-

काठमाडौँ । सन् २०२० मा जापानमा आयोजना हुने टोकियो ओलम्पिकअन्तर्गत महिला फुटबलको एशिया दोस्रो चरणको छनोटका लागि खेलतालिका सार्वजनिक भएको छ ।

एशियाली फुटलब महासङ्घ (एएफसी)ले बुधबार सार्वजनिक गरेको खेलतालिकाअनुसार दोस्रो चरणमा समूह ‘ए’ मा नेपाल, भारत र म्यान्मासँगै इन्डोनेशिया परेका छन् । यस समूहको सबै खेल आगामी अप्रिल १ देखि ९ सम्म म्यान्मारमा हुनेछ ।

पहिलो चरणमा पनि यी तीनवटै राष्ट्रसहित बङ्गलादेश एउटै समूह परेका थिए । जसबाट म्यान्मार र भारत स्वतः छनोट हुँदा तेस्रो स्थानमा रहेको नेपाल उत्कृष्ट तेस्रो टोली बन्दै दोस्रो चरण पुगेको थियो ।

यस्तै समूह ‘बी’ मा हङकङ, जोर्डन, भियतनाम र उज्बेकिस्तान छन् भने समूह ‘सी’ मा चाइनिज ताइपेइ, इरान, फिलिपिन्स र प्यालेष्टाइन छन् । दोस्रो चरणबाट तीनवटा समूहको शीर्ष स्थानमा रहने टोलीहरु तेस्रो चरणमा प्रवेश गर्नेछन् ।

यसअघि नै ‘बाई’ पाएर अष्ट्रेलिया, उत्तर कोरिया, दक्षिण कोरिया, चीन र आयोजक थाइल्याण्ड तेस्रो चरणको छनोटमा स्थान बनाइसकेका छन् । यी पाँच र दोस्रो चरण पार गर्ने तीनसहित कूल आठ टोलीबीच तेस्रो चरणको छनोट खेल हुनेछ । जसमा चाररचार राष्ट्रको दुई समूह हुनेछ ।

दुवै समूहको शीर्ष दुई स्थानमा रहने टोलीहरु अन्तिम चरणको छनोटका लागि छानिनेछन् । त्यसबाट प्लेअफ खेलाउँदै दुई टोली ओलम्पिकका लागि छनोट हुनेछ । आयोजकका रूपमा जापान भने यसअघि नै छनोट भइसकेको छ ।

पहिलो चरणमा म्यान्मामा भएको समूह ‘सी’ अन्तर्गतका सबै तीन खेलमा बराबरी खेलेको नेपाल तीन अङ्कका साथ तेस्रो भएको थियो । नेपालले बङ्गलादेश, म्यान्मा र भारतसँग बराबरी खेलेको थियो । उक्त प्रतियोगितामा नेपालले खेलेको तीनवटै खेलमा बराबरी गर्दै दोस्रो चरणमा पुगेको थियो ।

पहिलो चरणमा सहभागी १८ टोलीलाई चार समूहमा विभाजन गरेर प्रतिस्पर्धा गराइएको थियो ।