३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’

इज्जतसँग बाँच्न चाहन्छन् बादी समुदाय

इज्जतसँग बाँच्न चाहन्छन् बादी समुदाय
अ+ अ-

नेपालगञ्ज । देह व्यापारमा संलग्न भनी विगतमा होच्याइएका र थिचोमिचोमा परेका बादी समुदायका महिला, पुरुषहरुको राजनीतिक, सामाजिक विकास तथा रोजगारमूलक व्यवसायमा संलग्न हुने क्रम यहाँ क्रमशः बढ्दै गएको पाइन्छ ।

विगतमा समाजबाट हेपिएका सो समुदायको सामाजिक विकास र रोजगारमूलक गतिविधिमा संलग्नता बढ्दै गएपछि समाजले पनि विस्तारै उनीहरुलाई हेर्ने दृष्टिकोण परिवर्तन गरेको छ । यो समुदायले देहव्यापार अहिले चटक्कै छोडिसकेको पाइन्छ ।

नेपालगञ्ज उपमहानगरपालिका–५ का महिला सदस्य मञ्जु नेपाली बादीको भनाइ छ, “अरु समुदाय जस्तै बादीहरु पनि इज्जतका साथ समाजमा बाँच्न चाहन्छन्, त्यसका लागि यो समुदायलाई हेर्ने दृष्टिकोण अब सकारात्मक बन्नुपर्छ ।” सो समुदायका महिलाहरु व्यक्तिगत तथा समूहगत रुपमा सानादेखि ठूला स्वरोजगार व्यवसायमा संलग्न भएको पाइन्छ ।

“विगतमा जमिन्दारी प्रथाले हामीमाथि शोषण भएको थियो । अहिले हाम्रो समुदाय इज्जतदार पेशा गरेर जीवन निर्वाहमा जुटेका छन्”, नाम प्रकाशित नगर्ने शर्तमा नेपालगञ्जमा खुद्रा पसल सञ्चालन गर्ने एक बादी महिलाको भनाइ थियो ।

विगतमा सेभ द चिल्ड्रेन, बाँके युनेस्को क्लब, महिला विकास कार्यालय र लुमन्ती संस्था र विभिन्न सरकारी निकायबाट सीप विकास तालीम लिएका त्यस समुदायका सयौा महिलाहरु नेपालगञ्जमा व्यवसायमूलक पेशामा संलग्न भएका छन् । समाजले पनि अहिले उनीहरुलाई हेय र नकारात्मक दृष्टिकोणले व्यवहार गरेको पाइँदैन ।

यो समुदायका महिला मात्र होइन, पुरुषहरु पनि रोजगारमूलक काममा लागेका छन्, धेरैजसो कामका लागि विदेशिएका छन् । सीप सिक्दै रोजगार र स्वरोजगारको काममा उनीहरुको पनि सङ्लग्नता बढ्दै गएको छ ।

बाँके मात्र होइन प्रदेश नं ५, ७ र कर्णाली प्रदेशका सबै बादी समुदायका महिलाहरु इज्जतका साथ सरकारी तथा गैरसरकारी निकायमा नोकरी, स्वरोजगार लगायतका इलममा संलग्न छन् ।

नेपालगञ्जको विशेषतः गगनगञ्जको भगवान् तलाउ क्षेत्रमा बसोबास गर्ने बादी समुदायका सबै घरपरिवारका सदस्यहरु कुनै न कुनै इलममा संलग्न भएको पाइन्छ । उनीहरुका सन्तान पनि विद्यालय र कलेज जाने गरेका छन् ।

बाँके जिल्लाको अगैया, कोहलपुर क्षेत्रमा पनि बादी समुदायका महिलाहरु स्वरोजगार व्यवसायमा लागेका छन् । त्यस क्षेत्रका बादी महिलाहरुले होटल, खुद्रा पसल र कृषि पेशा अङ्गालेको पाइन्छ ।

“नेपालगञ्ज उपमहानगरपालिकाले यहाँका बादी समुदायका लागि छुट्टै कार्यक्रम योजनामा नपारेकोमा दुःख लागेको छ, दलित समुदायका लागि योजनामा परेको सामाजिक विकास कार्यक्रममा बादी समुदायलाई समेट्न भने पनि त्यो सम्भव छैन”, महिला सदस्य मञ्जुको भनाइ छ ।