७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

प्रदेश नं १ सरकारको एक वर्ष

प्रदेश नं १ सरकारको एक वर्ष
अ+ अ-

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सरकार स्थापना भएको छोटो अवधिमै प्रदेश सरकारप्रति जनताका आशा, विश्वास र भरोस गर्ने अवस्था सिर्जना भएको बताउनुभएको छ ।

प्रदेश सरकारको एक वर्ष अवधि पूरा भएको अवसरमा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले विकास र सुशासनमा जनताले आशा र भरोसा गर्ने निकायका रुपमा प्रदेशलाई स्थापित गर्न एक हदसम्म सफल भएका छौँ भन्नुभयो ।

एक वर्षको अवधिमा प्रदेशले दुई अधिवेशनबाट २४ ऐन पारित गरेको, कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यावसायीकरण, औद्योगिकीकरण गर्दै यस प्रदेशको बलियो अर्थतन्त्रको आधार कृषिलाई बनाउने, कृषि, पर्यापर्यटन, वन तथा वातावरणका क्षेत्रमा योजनावद्ध रुपमा कार्यक्रम अगाडि बढाएको छ, सो अवसरमा प्रदेश सरकारबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

उत्पादनमूलक र रोजगारमूलक क्षेत्रका काममा सहकार्य गर्नका लागि नेपाल उद्योग वाणिज्य महासङ्घसँग सम्झौता गरी काम शुरु गरेको, हामीसँग संसारका अधिकांश अग्ला हिमाल हाम्रै प्रदेशमा भएर पनि यी हिमालको हवाई दृश्य गर्ने व्यवस्थाअनुरुप प्रदेश सरकार र निजीको समन्वयमा माउन्टेन फ्लाई सञ्चालनमा आएको जनाएको छ ।

विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा स्तरोन्नति गर्नका लागि प्रदेश मन्त्रिपरिषद्बाट निर्णय गराई सङ्घीय सरकारमा सिफारिश गरेको, प्रदेशभित्र रहेका सबै विमानस्थलमा विराटनगरबाट उडान सेवा शुरु गर्न पहल गरिएको र भद्रपुर तथा विराटनगर विमानस्थलमा रात्रिकालीन हवाई उडान सञ्चालन गरेको, निजी क्षेत्रको समन्वय र सहकार्यमा सप्तकोशी नदीमा जलयातायात सञ्चालन हुन थालेको, चियाको राजधानी इलामको सूर्योदय नगरपालिका, सबैभन्दा बढी पर्यटक भित्रिने सोलुखुम्बुको पासाङल्हामु खुम्वु गाउँपालिका र धनकुटाको आकर्षक पर्यटकीय गन्तव्यस्थल भेडेटार नाम्जे क्षेत्र रहेको साँगुरी गाउँपालिकालाई पर्यटकीय नगर र गाउँपालिका घोषणा गरेका विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, “सुरक्षित सीमा, सुरक्षित जीवन, खुला सीमा र सुरक्षा चुनौतीलाई महसुस गर्दै बोर्डर अफ आउट पोष्टको योजनाबद्ध विकास गर्ने उद्देश्यका साथ १३ विओपी निर्माणकार्य अघि बढाएको छ ।”

अत्यावश्यक सेवाकेन्द्र स्थापना गरी एकीकृत शान्ति सुरक्षा, विपत् व्यवस्थापन र स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले यस वर्ष तराई, भित्री मधेश र पहाडका एक÷एक गाउँपालिकामा एक प्रहरी भ्यान, एक एम्बुलेन्स र एक दमकलसहितको व्यवस्थापन प्रदेश सरकारले गरेको, यो वर्ष हामीले स्वास्थ्य प्रवद्र्धन वर्षको रुपमा २०७५ घोषणा गरी स्वास्थ्य, सरसफाइ र स्वास्थ्य जीवन कार्यक्रम सञ्चालन गरेको, प्रदेशस्तरमा विद्यालय तहको सिकाइलाई प्रविधियुक्त कम्प्युटर सिकाइको माध्यमबाट किताब र झोलारहित शिक्षा सञ्चालनको कामअन्तर्गत ९५९ सामुदायिक विद्यालयमा कम्प्युटर ल्याब स्थापना गर्ने कार्य शुरु गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो वर्ष खेलकूदका लागि १३७ वटै पालिकामा एकैसाथ खेलमैदान निर्माण भइरहेको, १४ जिल्लाका अस्पताललाई स्तरोन्नति गर्ने कार्य थालेको, पाँचथरको कुम्भायक, तुम्बेवा, तेह्रथुमको छथर र धनकुटाको चौबीसकोट गाउँपालिका खडेरी प्रभावित कृषकलाई राहत प्याकेज उपलब्ध गराएको, दिगो विकास र समृद्धिको आधार पर्याप्त पूर्वाधारलाई मूलमन्त्र मानी भौतिक पूर्वाधारका विकासमा ध्यान केन्द्रित गरेको, नेपालमै पहिलो पटक सुनसरी जिल्लाको कोशी गाउँपालिकाको भण्टाबारीस्थित करीब २० बिघा जमीनमा अत्याधुनिक सुविधासम्पन्न रिफ्रेसमेन्ट सेन्टर परियोजना कार्यालय स्थापना गरेर योजना अघि बढाएको प्रदेश सरकारले जनाएको छ ।

मुख्यमन्त्री ग्रामीण सडक कार्यक्रम प्रदेशका ५६ वटै निर्वाचन क्षेत्रमा स्थानीय पालिकासँगको साझेदारीमा लागू हुने गरी कार्यविधि बनाई कार्यान्वयनको प्रक्रिया शुरु भएको र सरकारले समानुपातिक र सन्तुलित विकासमा जोड दिएको जारी विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी, प्रदेशसभाको आज बसेको बैठकमा मुख्यमन्त्री राईले सरकारले एक वर्षको अवधिमा गरेका कामहरुको आफ्नो सम्बोधनमार्फत संसद्लाई जानकारी गराउनुभयो । मुख्यमन्त्री राईले सङ्घीयताको मर्म राज्यको शक्ति र स्रोतमा नागरिकको पहुँच सहज, सरल र सुगम बनाउनु हो भन्दै सङ्घीयता कार्यान्वयन गर्नका लागि आवश्यक कानून निर्माण, बलियो र स्थायी संरचनाको निर्माण गर्नु हो भन्नुभयो ।

उहाँले प्रभावकारी सेवाप्रवाह, योजनाबद्ध आधुनिक विकासका साथ समृद्ध प्रदेश सुखी जनताका लक्ष्य हासिल गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको सदनमा जानकारी गराउनुभयो । प्रदेशसभाको अर्को बैठक आगामी फागुन ५ गते दिउँसो १ बजे बस्ने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिनुभयो ।