२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेयर बजार आठ विन्दुले घट्यो



अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा आज पनि शेयरको मूल्य घटेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक आठ दशमलव २१ विन्दुले घटेर एक हजार ११२ दशमलव ८७ विन्दुमा पुगेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ५२ विन्दुले घटेर २३६ दशमलव ९२ विन्दुमा झरेको छ । स्टकका अनुसार आज कूल १६४ कम्पनीको ८० लाख ९५ हजार ७२ कित्ता शेयर रु दुई अर्ब १६ करोड ६५ लाख ६ हजार ४८२ मूल्यमा खरीद बिक्री भए ।

अधिकांश कम्पनीको शेयर ओरालो लाग्दा त्यसको प्रभाव उपसमूहमा समेत परेको छ । बैंकिङ पाँच दशमलव ६८, होटल २७ दशमलव शून्य चार, विकास बैंक चार दशमलव ५४, जलविद्युत् आठ दशमलव ७८, वित्त दुई दशमलव १३, निर्जीवन बीमा ७० दशमलव १७, उत्पादन १८ दशमलव ७१, अन्य सात दशमलव ५१, लघुवित्त १५ दशमलव ३४ र जीवन बीमा २९ दशमलव ३५ प्रतिशत विन्दुले घटेको छ ।

घटेको बजारमा एभरेष्ट बैंक नेपालको रु एक अर्ब ९१ करोड बराबरको संस्थापक शेयर बिक्री भएपछि बजारमा कारोवार रकम बढी देखिएको स्टकले जनाएको छ ।