२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

३३ हजार कर्मचारी अपुग



अ+ अ-

काठमाडौँ । सरकारले अध्यादेशमार्फत् कर्मचारी समायोजन गर्ने क्रम अन्तिम चरणमा पु¥याएसँगै अझै ३३ हजार कर्मचारी अपुग हुने भएको छ ।

संघ, प्रदेश र स्थानीय तहमा गरी एक लाख ३६ हजार ५५८ स्वीकृत दरबन्दी मध्ये अहिले एक लाख तीन हजार कर्मचारी पूर्ति हुने भए अझै ३३ हजार दरबन्दी खाली रहेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । अपुग ३३ हजार दरबन्दी मध्ये विभिन्न सेवा र समूहमा गरी करिब १२५ जना सहसचिव, दुई सय उपसचिव र बाँकी अन्य शाखा अधिकृत, नायब सुब्बा, खरिदार लगायतका कर्मचारीको दरबन्दी खाली रहने मन्त्रायका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए । गोरखापत्र दैनिकमा खबर छापिएको छ ।