१५ भाद्र २०८३, सोमबार
,
Latest
रसुवा बाढीमा परी निधन भएकाको पशुपति आर्यघाटमा निःशुल्क दाहसंस्कार गरिने रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री शाहले सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ लिँदै ‘भोटेकोशी बाढीबारे समयमै पूर्वसूचना दिन पाएको भए अझ धेरैको ज्यान जोगाउन सकिन्थ्यो’: बाढीविद् पराजुली रसुवा बाढीबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक विदुर–चोगटे–सरमथली–जिरोकिलो हुँदै रसुवा जोड्ने सडक स्तरोन्नति रसुवा बाढी प्रकरणः ‘मेरो श्रीमान कहाँ हुनुहुन्छ ?’ सेनाद्वारा सात सयभन्दा बढी तीर्थयात्रीलाई स्वास्थ्य सेवा उपलब्ध तनहुँ सेवा समाज यूएईद्वारा दुई लाख सहयोग झण्डै दुई महिनापछि मेची राजमार्गमा यातायात सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

संघीयता अनुकुलको कानून निर्माण हुन नसकेको कारण सरकारले गति लिन सकेन : उपप्रधानमन्त्री पोख्रेल



अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले संघीयता अनुकुलको कानून र संरचना निर्माणमा हुन नसकेको कारण सरकारले काममा गति लिन नसकेको दुखेसे पोखेका छन् । उनले कानून र संरचनामा केन्द्ररत हुनु परेकाले सरकारको कामले गति लिन नसकेको दावी गरेका हुन् ।

शुक्रबार काठमाडौँको भृकुटीमण्डपमा आयोजित ‘बृहत कर्णाली प्रर्दशनी’को उद्घाटन गर्दै उनले विनाभेदभाव कर्णाली प्रदेशको विकासमा लागि पर्ने प्रतिवद्धता व्यक्त गरे ।

उपप्रधानमन्त्री पोखरेलले विकास, निर्माणको काममा प्रतिस्पर्धा गरेर अघि बढ्न पनि सबै राजनीतिक दलहरुलाई आहृवान गरे ।

तीन दिनसम्म चल्ने प्रर्दशनीमा कर्णालीका बहुमूल्य जडिबुटीहरु, मार्सी धानको चामल, लोक्ताको कपडा, स्याउ, सिमीलगायतका बस्तुहरु राखिएका छन् ।