१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुविनाको कप्तानीमा १४ सदस्यीय महिला क्रिकेट टोलीको घोषणा



अ+ अ-

काठमाडौँ । थाइल्यान्डमा फेब्रुअरी १६ देखि २७ तारिखसम्म हुने आईसीसी वुमन्स एसिया कप छनोट क्रिकेट प्रतियोगिताका लागि शुक्रबार नेपाली महिला टोलीको घोषणा गरिएको छ ।

प्रतियोगिताका लागि रुबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय महिला राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको हो ।

टोलीमा कप्तान रुबिनासँगै उपकप्तान सिता रानामगर, करुणा भण्डारी, सरिता मगर, नेरी थापा, ईन्दु बर्मा, सोनु खड्का, आरती बिडारी, काजल श्रेष्ठ, रोमा थापा, कविता कुँवर, अप्सरा बेगम, ममता चौधरी र बिन्दु रावल छन् । भने अतिरिक्त खेलाडीमा रितुकुमारी कनुजिया, सुमन बिष्ट, अन्जली चन्द र डोली भट्ट छन् ।

टोलीको मुख्य प्रशिक्षकमा विनोद दास, सहायक प्रशिक्षकमा निरा राजोपाध्याय तथा ब्यवस्थापकमा अमृता पौडेल र फिजियोमा सकुना धानी छन् ।नेपाली महिला टोली शनिबार थाइल्यान्ड जानेछ ।