२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुपोषण हटाउन शैक्षिक विकास : मुख्यमन्त्री पौडेल



अ+ अ-

हेटौँडा । मुख्यमन्त्री डोरमणि पौडेलले राज्यको शैक्षिक क्षेत्रको सुधार गर्न सके सबै क्षेत्रको विकास हुने बताउनुभएको छ ।

राष्ट्रिय योजना आयोग एवं सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजनामा बहुक्षेत्रीय पोषण योजनासम्बन्धी प्रदेशस्तरीय अन्तरक्रियामा बोल्दै मुख्यमन्त्री पौडेलले कुपोषण हटाउन वा सही पोषण प्रदान गर्न शिक्षाको विकास गर्नु अपरिहार्य भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा सामाजिक विकासमन्त्री युवराज दुलालले पोषणलाई मात्र केन्द्रित गरेर पोषण कार्यक्रम प्रभावकारी नहुने बताउँदै शिक्षित समाजलाई पोषणको ज्ञानहुने र उनीहरुले बाल बच्चाहरुलाई पोषण युक्त खाना खुवाउने हुँदा समाजलाई त्यसतर्फ लक्षित गर्नुपर्नेमा जोड दिनुभयो ।