१५ भाद्र २०८३, सोमबार
,
Latest
रसुवा बाढीमा परी निधन भएकाको पशुपति आर्यघाटमा निःशुल्क दाहसंस्कार गरिने रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री शाहले सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ लिँदै ‘भोटेकोशी बाढीबारे समयमै पूर्वसूचना दिन पाएको भए अझ धेरैको ज्यान जोगाउन सकिन्थ्यो’: बाढीविद् पराजुली रसुवा बाढीबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक विदुर–चोगटे–सरमथली–जिरोकिलो हुँदै रसुवा जोड्ने सडक स्तरोन्नति रसुवा बाढी प्रकरणः ‘मेरो श्रीमान कहाँ हुनुहुन्छ ?’ सेनाद्वारा सात सयभन्दा बढी तीर्थयात्रीलाई स्वास्थ्य सेवा उपलब्ध तनहुँ सेवा समाज यूएईद्वारा दुई लाख सहयोग झण्डै दुई महिनापछि मेची राजमार्गमा यातायात सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेट अभावले काम गर्न सकिएन : मुख्यमन्त्री गुरुङ



अ+ अ-

स्याङ्जा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बजेटको अभाव भएकाले सोचेजस्तो काम गर्न नसकेको बताउनुभएको छ ।

पुतलीबजार नगरपालिकाद्वारा आयोजना गरिएको अन्तर विद्यालयस्तरीय खेलकूद प्रतियोगिताको आज उद्घाटनमा मुख्यमन्त्री गुरुङले प्रदेश सरकारलाई सङ्घीय सरकारले पाँच प्रतिशत मात्र बजेट दिएर खिल्ली उडाएकाले प्रदेश सरकारले सोचेअनुसार काम गर्न नसकेको बताउनुभयो । सङ्घले भन्दा प्रदेशले राम्रा कार्यक्रम ल्याएर विकास निर्माणलाई अगाडि बढाएको बताउँदै उहाँले बजेट कम भए पनि प्रदेश सरकार निराश नभएको बताउनुभयो ।

सङ्घीय सरकारले समन्वयको काम गर्नुपर्ने बताउँदै मुख्यमन्त्री गुरुङले प्रदेश सरकारलाई अप्ठेरो हुने गरी काम नगर्न आग्रह गर्नुभयो । प्रदेशका काममा सङ्घले भाँजो हालेको बताउँदै उहाँले प्रदेश सकरकारको मुख्यमन्त्रीको नाताले विरोध गर्ने बताउनुभयो ।

प्रदेश सरकारको ध्यान प्राविधिक शिक्षमा भएको बताउँदै मुख्यमन्त्री गुरुङले विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि प्रदेशले सहयोग गर्ने बताउनुभयो । उहाँले गण्डकी प्रादेशिक टेक्निकल युनिभर्सिटी खोल्न लागेको जानकारी दिँदै २०१९ को नोभेम्बरसम्म युनिभर्सिटी शुरु हुने बताउनुभयो । मुख्यमन्त्री गुरुङले शिक्षाक्षेत्रमा देखिएको लथालिङ अवस्थाको अन्त्यका लागि आफ्नै पहलमा युनिभर्सिटी खोल्न लागेको जानकारी दिनुभयो ।