७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

जन्मस्थल पुगेर चन्द्र ढकालले भने– बलेवालीको पहिचान, उद्यम र स्वाभिमान

जन्मस्थल पुगेर चन्द्र ढकालले भने– बलेवालीको पहिचान, उद्यम र स्वाभिमान
अ+ अ-

बलेवा, ४ फागुन । बागलुङको बलेवामा बिहीबारदेखि शुरु भएको प्रथम बलेवा महोत्सवको नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष तथा नेपालका एक उद्यमी चन्द्रप्रसाद ढकालले बिहीबार उद्घाट गरेका छन् । कृष्ण गण्डकी क्याम्पसको शैक्षिक उन्नयनको लागि रु एक करोडको अक्षयकोष स्थापना गर्ने उद्देश्यले यो महोत्सव आयोजना भएको हो ।

बलेवा नारायणस्थानमा आयोजित विशेष समारोहबीच ढकालले सो महोत्सवको उद्घाटन गर्दै बलेवाका नागरिकहरुले यस जिल्ला र नेपालका साथै विश्वमा नै एक अलग्गै र विशिष्ट खालको पहिचान बनाएका धारणा राने । सो समारोहलाई सम्बोधन गर्दै उपाध्यक्ष ढकालले आफू बलेवाको बृहत्तर विकासका लागि हर समय लाग्ने बाचा गरे । ढकाल बलेवा अमलाचौर निवासी हुन् ।

उनले सोही समारोहबाट बाग्लुङ नगरपालिकाको बलेवा क्षेत्रका सबैै वडामा शाखारहित बैंकिङ सेवा विस्तार गर्न आफूले पहल थालिसकेको घोषणा पनि गरे । आफ्नो जन्मस्थल सो क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको पहुँच पु¥याउन र विस्तार गर्न सहयोग गर्ने भन्दै उनले स्थानीय तहमा आर्थिक गतिविधि सञ्चालनका लागि वडास्तरमा बैंक तथा वित्तीय संस्थाको पहुँच पुर्याइने जानकारी दिए ।

उपाध्यक्ष ढकालले नेपालको समृद्धिको बलियो आधार पर्यटन र ग्रामीण उद्यमशिलता हो भन्दै उनले भने– हाम्रो गण्डकी प्रदेश पर्यटनको भरपूर सम्भावना रहेको क्षेत्र हो, यसको सम्भावनाबाट लाभ लिन सक्यौँ भने हामी नेपालकै समृद्ध प्रदेशका नागरिक हुनेछौँ ।

बाग्लुङ जिल्लाको बलेवा क्षेत्रले आफ्नो विशिष्ट पहिचान बनाएको र नेपालमा मात्र नभएर नेपालीहरु बसिरकेका संसारकै देशमा समेत बलेवालीको छुट्टै परिचय रहेको धारणा उनले राखे । उनले भने– म आफ्नो कामको सिलसिलामा विदेश जाँदा बलेवालीहरुको समाज नरहेको कुनै पनि देश छैन र उनीहरुले आफ्नै उद्यम गरेर ती देश र क्षेत्रमा अलग्गै पहिचान बनाएका छन् । उद्यमशिलता, मेहनत र संघर्षमा बलेवालीहरु उदाहरणीय पात्र हुन् भन्दै उपाध्यक्ष ढकालले भने– यसबाट नेपालकै पनि अरु क्षेत्र र जिल्लाका नागरिक लोभ्भिने गरेको अनुभव म सँग छ । मलाई लाग्छ बलेवालीहरु उद्यमशील र स्वाभिमानी हुने गर्दछन्, त्यो हामीले भन्दा बढी हाम्रो बारेमा अरुले नै भन्ने गरेका छन् ।

उपाध्यक्ष ढकालले बलेवाको शैक्षिक उन्नयनको उद्देश्य राखेर महोत्सवको आयोजना भएकोमा आयोजकको प्रशंसा गरे । बलेवामा सफल परीक्षण भइसकेको प्याराग्लाइडिङलाई व्यावसायिकरूपमा सञ्चालन गर्न ढकालले सुझाव दिए । उक्त महोत्सवको अवसर पारेर त्यहाँ प्याराग्लाइडिङ शुरु गरिएको छ । त्यसैगरी अरु पनि साहसिक पर्यटनका क्रियाकलापहरु पनि त्यहाँ शुरु गरिएको छ । समारोहमा आएका युवाहरुलाई ढकालले कुनै न कुनै रुपमा उद्यमशीलता अपनाउन र मेहनेती र उद्यमशील बन्ने प्रेरित गरे ।

गण्डकी प्रदेशमा कृषि, पर्यटन, प्राकृतिक सम्पदा, धार्मिक र सांस्कृतिक पर्यटनका समेत अधिक सम्भावनाहरु रहेकोले तिनको यथोचित उपयोग र प्रयोगका लागि सबै क्षेत्र र बर्गबाट आ आफ्नो प्रयासका साथ लाग्नुपर्ने बेला अब भइसकेको उनले बताए । यी अधिक सम्भावना बोकेका क्षेत्रहरुमा लगानी गरी गण्डकी प्रदेश क्षेत्रलाई समृद्ध बनाउने यात्रामा लाग्न र सहकार्यका साथ अघि बढ्न उनले सबैलाई आग्रह पनि गरे ।

नेपालका एक सफल उद्यमीका रुपमाा परिचित ढकालले नेपालको संघीय भौगोलिक संरचनामा गण्डकी प्रदेशको विशिष्ठ पहिचान रहेको भनाई राखे । उत्तर र दक्षिणीका समृद्ध छिमेकी देशसँगको सीमाना यो क्षेत्रबाट मात्र नजिक छ भन्दै उपाध्यक्ष ढकालले भने– तर त्यसबाट के कति लाभ लिन सकिन्छ भन्ने विषय हाम्रा एकीकृत प्रयास र विकास निर्माणमा राजनीतिक तथा अरु सबै क्षेत्र समेतको मतैक्यतामा भर पर्दछ । उनले भने– दुई समृद्ध छिमेकी जुन विश्वकै ठूला अर्थतन्त्रमाा पर्दछन् उनीहरुबाट कसरी लाभलिने भन्ने क्षमता हामीसँगै हुनुपर्छ, आफैले गर्न नसके हुँदैन ।

अबको विकास गाउँ केन्द्रीत हुनुपर्ने भन्दै ढकालले त्यसका लागि सरकारी र निजी क्षेत्रले सहकार्य आवश्यक रहेको बताए । बलेवामा पनि केबलकार सञ्चालनको सम्भावनाको बारेमा गरिएको प्रश्नमा उपाध्यक्ष ढकालले त्यसको सम्भाव्यता अध्ययन भइरहेको जानकारी दिए । बलेवामा केवरकार सञ्चालन गर्न सकिने सम्भावना रहेको र सञ्चालनपछिका चुनौतीहरुको मूल्याङ्कन गरेर अघि बढिने उनले बताए ।

दश वर्ष पहिलेदेखि सञ्चालनमा रहेको कृष्ण गण्डकी क्याम्पसमा रहेको आर्थिक सङ्कट कम गर्न महोत्सवको मञ्च प्रयोग गरेर सहयोग सङ्कलन गरिने र त्यसबाट रु एक करोडको अक्षयकोष स्थापना गरिने आयोजक नारायणस्थान सामाजिक सेवा प्रतिष्ठानका अध्यक्ष भरत पौडेलले जानकारी दिए । ढकालले सो क्याम्पसको विकासका लागि आफूले पनि आर्थिक सहयोग गर्ने जानकारी दिए ।

सो महोत्सवमा उक्त क्षेत्रमा जन्मिएर नेपालको एक राष्ट्रिय उद्यमीको विशिष्ट पहिचान बनाउन सफल भएकोमा ढकाललाई बलेवालीहरुका तर्फबाट विशेष सम्मान पनि प्रदान गरिएको थियो ।

महोत्सवमा बलेवा क्षेत्रको पर्यटनलाई प्राथमिकतामा राखिएको छ । प्रसिद्ध कालभैरव, मनमोहक मुलाबारी क्षेत्र, नेपालकै अग्लो कुश्माकैया झोलुङ्गे पुल र यान्त्रिक पुललगायतका पर्यटकीय क्षेत्रमा दर्शक पु¥याउने गरी व्यवस्था मिलाइएको आयोजकले जानकारी दिए ।

कार्यक्रममा राष्ट्रिय बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले आर्थिक क्षेत्रको विकासका लागि सबैको साझा धारणा हुनुपर्नेमा जोड दिए । उनले अहिलेको अवस्थामा नेपालमा विमा कम्पनीहरुको नियमनको अति जरुरी रहेको भन्दै त्यसको शुद्धिकरण अभियानमा आफू लागेको बताए । चापागार्इँ पनि अमलाचौर निवासी हुन् ।

महोत्सव यही फागुन १२ गतेसम्म चल्ने बताइएको छ । यस महोत्सवमा व्यापारिक, कृषि प्रदर्शनी, शैक्षिक प्रदर्शनी, प्याराग्लाइडिङमार्फत बलेवा क्षेत्रको अवलोकनलगायतको व्यवस्था मिलाइएको छ । बाग्लुङ जिल्ला नेपालमा पर्यटनको अत्यधिक सम्भावना रहेको क्षेत्र हो । विश्वकै एक प्रमुख पर्यटनीय गन्तव्य मुस्ताङको प्रवेशद्धार रहेको यस बाग्लुङ जिल्लामा ढोरपाटन, गाजा लेक, घुम्टेको लेकदेखि लिएर अरु पनि कैयौँ चित्ताकर्षक पर्यटकीय गन्तव्यहरु रहेका छन् ।