८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

मकै खेती कृषकको आकर्षक

मकै खेती कृषकको आकर्षक
अ+ अ-

नेपालगन्ज । बाँके जिल्लामा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत मकै जोन कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।

तीन वर्षदेखि सञ्चालन हुँदै आएको परियोजनाको शुरुआती चरणमा जिल्लाका १० समूह र सहकारीमा आबद्ध कृषकले ३५० हेक्टर जमीनमा मकै खेती गर्दै आएकामा अहिले ३५ कृषक समूहले ६२१ हेक्टर जमीनमा मकै खेती गर्दै आएका छन् । जिल्ला परियोजना प्रमुख देवेशकुमार मिश्रकाअनुसार, दुई वर्षको अवधिमा परियोजनाको कार्यक्रममा कृषक सहकारी, कृषक उद्यमी, जल उपभोक्ता र कृषक समूहका एक हजार ३४३ कृषक आबद्ध भइसकेका हुन् ।

परियोजनाअन्तर्गत कृषकहरूलाई आधुनिक उपकरणलगायत प्राविधिक सहयोग हुँदै आएको बताइएको छ । “पहिले गरिँदै आएको मकै खेती र अहिले परियोजनाले भनेजस्तो मकै खेतीमा धेरै भिन्नता छ, थोरै लगानीमा धेरै फाइदा लिन सकिएको छ”, डुडुवा गाउँपलिकाका कृषक रामप्रसाद यादवको भनाइ छ ।

नेपालगन्ज उपमहानगरपालिकाको पाँच वडा तथा डुडुवा गाउँपालिकाको बेतहनी, वनकट्टी र हिरमिनिया गाउँलाई परियोजनाभित्र समेटिएको छ । परियोजना कार्यक्रमअन्तर्गत यस जिल्लाका कृषकहरूले हिउँदे र वसन्ते मकै खेती गर्दै आएकामा आगामी आर्थिक वर्षदेखि बर्खे खेतीका लागि पनि ४० कृषक समूह छनोट गरिएको छ ।

“परापूर्वदेखि मकै खेती हुँदै आएको बाली, जलवायु र माटोे अनुकूल तथा कृषकको मागका आधारमा परियोजनाले यस जिल्लालाई मकै जोनका रुपमा छनोट गरेको हो”, परियोजना प्रमुख मिश्रको भनाइ छ ।

जिल्लामा सञ्चालित उक्त कार्यक्रमअन्तर्गत कृषकहरूलाई किटनाशक औषधि, बीउबिजन र विभिन्न कृषि उपकरणमा ५० देखि ८५ प्रतिशतसम्म अनुदान सहयोगमा उपलव्ध गराउनाका साथै मकै खेतीसम्बन्धी तालीम पनि दिँदै आइएको छ ।

अनुदान सहयोगअन्तर्गत पछिल्लो पटक नेपालगञ्ज उपमहाननगरपालिका–१५ को विजय नर्सरी फर्म, वडा नम्बर २२ पुरैनीको मौसमी कृषक समूह र डुडुवा गाउँपालिका–६ बल्दीपुरवाको कृषि सहकारी संस्थालाई करीब रु ७५ लाख बराबरको तीन थान ट्याक्टर, ट्रली, थ्रेसर, रोराबेटरलगायत उपकरण ५० देखि ८५ प्रतिशत अनुदानमा उपलब्ध गराइएको छ ।

सो परियोजना मुलुकका सबै जिल्लामा सञ्चालित छ । जिल्लाको भूगोल, जलवायु, माटोको अवस्था, कृषकका मागलगायत प्राविधिक पक्षको आकलन गरी कुन जिल्लामा कुन बाली परियोजनाअन्तर्गत सिफारिस गर्ने भनेर तय हुने गरेको जिल्ला परियोजना प्रमुख मिश्रले राससलाई बताउनुभयो ।