१५ भाद्र २०८३, सोमबार
,
Latest
एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित रसुवा जाने वैकल्पिक सडक निर्माणमा मुख्यमन्त्री थापा आफैँ फिल्डमा रसुवा बाढी : ४ हजार २०२ जना बेपत्ता, तथ्यांक अझै यकिन नभएको प्राधिकरणको भनाइ तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात पाँच दिनपछि धुञ्चेमा‘जेनेरेटर’: निःशुल्क मोबाइल चार्ज,टुटेको आशालाई जोड्दै रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मानिस नभेटिएपछि सेना फर्कियो कांग्रेस काभ्रेद्वारा पार्टीको केन्द्रीय कोषलाई १७ लाख ६२ हजार हस्तान्तरण रसुवा बाढीमा परी निधन भएकाको पशुपति आर्यघाटमा निःशुल्क दाहसंस्कार गरिने रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्युपोर्ट कन्ट्रीलाई पराजित गर्दै सिटी क्वाटरफाइनलमा



अ+ अ-

काठमाडौँ । एफए कप फुटलब अन्र्तगत म्यान्चेस्टर सिटी न्युपोर्ट कन्ट्रीलाई ४–१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

शनिबार राति भएको खेलमा सिटीको लागि फिल फोडिनले दुई, लिरो साने र रियाद महरेजले समान १–१ गोल गरे । न्युपोर्ट कन्ट्रीकालागि प्याड्रिग एमोन्डले एक गोल फर्काए ।

पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको सिटिले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै चार गोेल गर्दा न्युपोर्टले एक गोल मात्रै गर्न सफल भयो ।

५१ औ मिनेटमा सानेले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । फोडिनले ७५ औ मिनेटमा गोल गर्दै सिटीलाई २–० गोलको अग्रता दिलाए । एमोन्डले ८८ औं मिनेटमा गोल गर्दै न्युपोर्टलाई २–१ गोलको स्थितिमा ल्याएका थिए ।

तर सिटीका लागि फोडिनले ८९औं मिनेटमा र महरेजले खेलको अतिरिक्त समयमा गोल गर्दै ४–१ गोलको जित दिलाए ।