१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेविसंघलाई शैक्षिक र राजनीति एजेन्डामा महत्त्वपुर्ण योगदान गरेको छु, अबको नेतृत्व मलाई दिनुपर्छ : शाह



अ+ अ-

काठमाडौँ । नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले आफुलाई पार्टीले नेपाल विद्यार्थी संघको तदर्थ समितिको सभापति बनाए नेपाल विद्यार्थी संघलाई प्राइभेट क्याम्पसका विद्यार्थीसम्म पुर्याउने बताएका छन्।

ईन्टरनेटको प्रयोग गरेर नेविसंघलाई डिजिटलमा रुपान्तरण गरेर नेविसंघको सदस्यता प्राइभेट क्याम्पसका विद्यार्थीहरुमा पुर्याउने शाहको योजना रहेको छ। राजधानीमा एकताबद्द नेविसंघकालागी साझा अभियान कार्यक्रमको शुभारम्म गर्दै नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले नेविसंघलाई एकतावद्द बनाएर हाक्न आफु तयार भएको बताएका छन्।

आफुले नेविसंघलाई शैक्षिक, राजनीति र समाजिक एजेन्डामा महत्त्वपुर्ण योगदान दिएको भन्दै शाहले पार्टीले अब नेविसंघको नेतृत्व आफुलाई दिनु पर्ने जिकिर गरेका हुन्।

कार्यक्रममा ल क्याम्पसका नेपाल विद्यार्थी संघका नेता सुरज सेजुवालर निवर्तमान उपाध्यक्ष पुस्प कुमार शाही, निवर्तमान सह महामन्त्री बद्री मुडभरी,महेश्वरी कुँवर, प्रेम राज जोशी, निवर्तमान केन्द्रिय सदस्यहरु प्रेम शाही, पदम भट्टराई, चन्द्र बिक, सिर्जना भट्ट, मदन भन्डारी, नेपाल विद्यार्थी संघका पुर्व केन्द्रिय सदस्य लिला बल्भ दहाल,भरत भट्ट, गोकर्ण चन्द, लोकेन्द्र रोकाय नेपाल विद्यार्थी संघका बिभिन्न जिल्ला सभापति, स्ववियु सभापति,विभिन्न क्याम्पसका इकाई सभापति सहित नेपाल विद्यार्थी संघका तीन सय नेताहरू सहभागीता रहेको थियो।

कार्यक्रममा आफ्ना धारण राख्ने नेताहरूले अबको नेपाल विद्यार्थी संघको नेतृत्वमा ऋषिकेश जंग शाहको विकल्प नरहेको बताएका थिए।