१५ भाद्र २०८३, सोमबार
,
Latest
एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित रसुवा जाने वैकल्पिक सडक निर्माणमा मुख्यमन्त्री थापा आफैँ फिल्डमा रसुवा बाढी : ४ हजार २०२ जना बेपत्ता, तथ्यांक अझै यकिन नभएको प्राधिकरणको भनाइ तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात पाँच दिनपछि धुञ्चेमा‘जेनेरेटर’: निःशुल्क मोबाइल चार्ज,टुटेको आशालाई जोड्दै रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मानिस नभेटिएपछि सेना फर्कियो कांग्रेस काभ्रेद्वारा पार्टीको केन्द्रीय कोषलाई १७ लाख ६२ हजार हस्तान्तरण रसुवा बाढीमा परी निधन भएकाको पशुपति आर्यघाटमा निःशुल्क दाहसंस्कार गरिने रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुलवा आक्रमणः मृत सुरक्षाकर्मीको सम्झनामा शोक प्रदर्शन



अ+ अ-

नयाँ दिल्ली । भारत प्रशाशित काश्मिरको पुलवामा स्थानीय चरमपन्थी समूहले बिहीबार गरेको आक्रमणमा ज्यान गुमाएका केन्द्रीय रिजर्व प्रहरी बल (सिआरपिएफ) का ४१ जवानको सम्झना र सम्मानमा हजारौँ भारतीयले शनिबार शोक पदर्शन गरेका छन् ।

काश्मिरका केही स्थानमा आज पनि निशेधाज्ञा जारी रहेको छ ।

विवादित हिमाली क्षेत्रमा गाडीमा गइरहेका दुई हजार ५०० सुरक्षाकर्मीको दस्तामाथि जीप ठोक्काएर गरिएको आत्मघाति आक्रमणबाट मारिएका व्यक्तिहरूलाई उनीहरूको घर पठाइरहँदा भारतका विभिन्न स्थानमा शोक सभाहरू तथा प्रदर्शन भएका हुन् ।

काश्मिरमा मारिएका सुरक्षाकर्मीहरूको मृत शरीर शुक्रबार नयाँ दिल्ली ल्याइएको थियो जसलाई प्रधानमन्त्री नरेन्द्र मोदीले एक शोक कार्यक्रमकाबीच अन्तिम सम्मान प्रकट गर्नुभएको थियो ।

सुरक्षाकर्मीका मृत शरीरलाई उनीहरूको गाउँ वा शहरमा ल्याइएपछि स्वतस्फर्त रूपमा जम्मा भएका भारतीयहरूले पाकिस्तान विरोधी नारा लगाउँदै प्रदर्शन गरेका भारतीय सञ्चारमाध्यमहरूले देखाएका छन् ।

घटनामा पाकिस्तानको हात रहेको भारतको आरोप छ भने पाकिस्तानले आरोपको खण्डन गरेको छ ।

जम्मू–कश्मीरको पुलवामा जिल्लाको लेथपोरा नजिक श्रीनगर–जम्मू राजमार्गमा सिआरपिएफका जवान सवार गाडीमा आक्रमण भएको हो । ३०० किलोमिटरको राजमार्ग रणनीतिक रुपले महत्वपूर्ण छ र जहिले सुरक्षा व्यवस्था कडा रहन्छ ।

जम्मूबाट श्रीनगर जाँदै गरेका सुरक्षाकर्मीका ७० मध्ये एउटा गाडी आक्रमणमा परेको हो । प्रतिबन्धित चरमपन्थी समूह जैश ए मोहम्मदले आक्रमणको जिम्मा लिएको छ ।