३ मंसिर २०८१, सोमबार
,
Latest
निजी क्षेत्रले सहज रुपमा व्यवसाय गर्नको लागि सिंगल कर प्रणाली आवश्यकः चेम्बर विवाहपञ्चमीका लागि भारतीय पक्षलाई निम्तोपत्र हस्तान्तरण मतदानस्थलमा आधारभूत भौतिक संरचनाको व्यवस्था गर्न आयोगको निर्देशन चलचित्र हेरेपछि लाग्योः आँसुमै बग्यो ‘पूर्णबहादुरको सारङ्गी’ को मुद्दा रुस–युक्रेन युद्धको एक हजार दिन पूरा पुलमा भ्वाङ परेपछि विमानस्थल जोड्ने सडक अवरुद्ध भारतीय क्रिकेट टिमका प्रशिक्षक गौतम गम्भीरलाई दिल्ली उच्च अदालतबाट ठूलो राहत जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह धनगढीमा सुदूरपश्चिम रोयल्सको भव्य र्याली – फोटोफिचर सङ्खुवासभामा छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनतालाई सबै हिसाबले अब्बल बनाउने तर्फ लागेको छु : मुख्यमन्त्री राई



अ+ अ-

भोजपुर । विश्व अल्ट्रा धावक मिरा राईको अगुवाईमा भएको चौथो भोजपुर ट्रेल रेस, मिरा राई भवनको शिलान्यास गर्न भोजपुर पुगेका मुख्यमन्त्री शेरधन राईले प्रदेश १ लाई समृद्ध बनाउनेतर्फ प्रदेश सरकारले योजनावद्ध काम गरिरहेको दावी गरेका छन् ।

उनले अब कहिँ कतै अलमलिने ठाउँ नभएको भन्दै प्रदेश र प्रदेशका जनतालाई सबै हिसाबले अब्बल बनाउने तर्फ आफू केन्द्रित भएको बताए ।

भोजपुरको पौवादुङ्मामा आयोजित कार्यक्रममा मन्त्री राईले अब देशमा राजनीतिक स्थिरता भएको कारण काम गर्ने बातावरण सृजना भएको भन्दै यहि पहाडी तथा हिमाली जिल्लाबाट बढ्दो पलायन रोक्ने गरि सरकारले विकासका कामहरु अगाडि बढाउने कुरामा विश्वस्त हुन आग्रह गरेका हुन् ।

उनले ‘आधुनिक विकासको माध्यमबाट कसरी क्यास गर्न सकिन्छ भन्ने सबैले सोचेर काम गर्न जरुरी भएको भन्दै रोजगारका बाटाहरु खुलेको भन्दै जनतालाइृ अब्बल बनाउन तर्फ आफु लागिसके’ राईको भनाइ छ ।

राईले आफू दिने र पस्कने ठाउँमा भएकाले अझैसम्म दुर्गम भोजपुरलाई विशेष प्राथमिकताका साथ विकासे योजनाहरुमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।