१५ भाद्र २०८३, सोमबार
,
Latest
एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित रसुवा जाने वैकल्पिक सडक निर्माणमा मुख्यमन्त्री थापा आफैँ फिल्डमा रसुवा बाढी : ४ हजार २०२ जना बेपत्ता, तथ्यांक अझै यकिन नभएको प्राधिकरणको भनाइ तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात पाँच दिनपछि धुञ्चेमा‘जेनेरेटर’: निःशुल्क मोबाइल चार्ज,टुटेको आशालाई जोड्दै रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मानिस नभेटिएपछि सेना फर्कियो कांग्रेस काभ्रेद्वारा पार्टीको केन्द्रीय कोषलाई १७ लाख ६२ हजार हस्तान्तरण रसुवा बाढीमा परी निधन भएकाको पशुपति आर्यघाटमा निःशुल्क दाहसंस्कार गरिने रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्नो स्तरको खेल खेल्न सेकनौं : भाल्भर्डे



अ+ अ-

काठमाडौँ । बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्भर्डेले भाल्लाडोडिलविरुद्ध आफूहरूले उत्कृष्ट प्रदर्शन गर्न नसकेको स्वीकार गरेका छन् । गएराति भएको खेलामा भाल्लाडोलिडसँग १–०को कठिन जित निकाल्न आफ्नो स्तरअनुसारको प्रदर्शन गर्न नसक्दा जितका लागि ठूलै सघंर्ष गर्नु परेको स्वीकार गरेका हुन् ।

बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्भर्डेले भने, ‘हो, आज पनि हामीले हाम्रो स्तरको खेल पस्किन सेकनौं,’ खेलपछि तनावपूर्ण मुडमा पत्रकारलाई प्रतिक्रिया दिँदै उनले भने, ‘हामीले आफ्नो घरमा उत्कृष्ट खेल खेल्न सक्नुपथ्र्यो ।’

भाल्भर्डेले खेलमा कहिलेकाहीं खराब समय आउने बताउँदै आफूहरू चाँडोभन्दा चाँडो उत्कृष्ट लयमा फर्किन प्रयास गर्ने बताए । ‘आजको खेलबाट म सन्तुष्ट छैन । तर, हामी चाँडोभन्दा चाँडो उत्कृष्ट लयमा फर्किन प्रयास गर्नेछौं,’ भावुक हुँदै उनले भने, ‘३ दिनपछि हुने च्याम्पियन्स लिगको खेल हाम्रा लागि टर्निङ प्वाइन्ट हुनसक्छ ।’

भाल्भर्डेले अब तत्कालका लागि आफूहरू च्याम्पियन्स लिगमा केन्द्रित हुने बताए ।