८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

हिन्दुराष्ट्र बनाउनुपर्ने सहित राप्रपाद्वारा २२ बुँदे माग, माग पूरा नभए चैत्रबाट सरकारविरुद्ध संघर्ष गर्ने चेतावनी (२२ बुँदेसहित)

हिन्दुराष्ट्र बनाउनुपर्ने सहित राप्रपाद्वारा २२ बुँदे माग, माग पूरा नभए चैत्रबाट सरकारविरुद्ध  संघर्ष गर्ने चेतावनी (२२ बुँदेसहित)
अ+ अ-

काठमाडौँ । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाललाई तत्तकाल हिन्दु राष्ट्र घोषणा गर्न सरकारसँग माग गरेको छ ।


अध्यक्ष थापाले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संविधानमा रहेको धर्म निरपेक्षता तत्काल खारेज गरी पूर्ण धार्मिक स्वतन्त्रतासहित हिन्दु राष्ट्र घोषणा गर्न सरकारसँग माग गरेका हुन् ।

उसले संघीयता बारे जनताको प्रत्यक्ष अभिमत बुझ्न राष्ट्रिय जनमत संग्रह गर्नुपर्ने,देश टुक्र्याउन चाहने विखण्डनकारी तत्वलाई कडाईका साथ नियन्त्रण गरि राष्ट्रिय अखण्डता सुदृढ तुल्याउनुपर्ने लगायतका विभिन्न २२ बूँदे माग समेत सरकारसँग राखेको छ । ती मध्ये तत्काल गर्नुपर्ने माग पूरा नभए चैत्रको पहिलो हप्ताबाट सरकारविरुद्ध सशक्त संघर्ष गर्ने अध्यक्ष थापाले चेतावनी दिए ।

फागुन मसान्तसम्म पनि पार्टीले राखेको माग पूरा गर्न सरकार तयार नभए चैत्रको पहिलो हप्ताबाट सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने पनि अध्यक्ष थापाले बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाल सरकार समक्ष पेश गरेका मागहरु

(१) संविधानमा रहेको धर्मनिरपेक्षता खारेज गरियोस् तथा पूर्ण धार्मिक स्वतन्त्रता सहित नेपाललाई हिन्दुराष्ट्र घोषणा गरियोस् ।

(२) राजसंस्था सहित सबै राजनीतिक शक्तिहरु अटाउने नेपाली संस्करणको मौलिक प्रजातन्त्र कायम गर्न अविलम्व सर्वपक्षीय गोलमेच सम्मेलन गरियोस् ।

(३) संघीयता बारे जनताको प्रत्यक्ष अभिमत बुझ्न राष्ट्रिय जनमत संग्रह गरियोस् ।

(४) देश टुक्र्याउन चाहने विखण्डनकारी तत्वलाई कडाईका साथ नियन्त्रण गरि राष्ट्रिय अखण्डता सुदृढ तुल्याईयोस् ।

(५) संगठीत रुपमा लोभ लालच देखाएर र भ्रम सिर्जना गरेर जवर्जस्ती धर्म परिवर्तन गराउने कार्य नियन्त्रण गरियोस् तथा धर्म परिवर्तनमा संलग्न गैर सरकारी संस्थाहरुलाई बन्द गरियोस् ।

(६) वेरोजगारी समस्या समाधानको निमित्त अल्पकालिन तथा दीर्घकालिन कार्ययोजना कार्यान्वयन गरियोस् । यस क्रममाः
(क) वर्षमा कम्तिमा पाँच लाख रोजगारी सिर्जना गर्ने गरि दीर्घकालिन आर्थिक विकास योजना संचालन गरियोस् ।
(ख) कम्तिमा एक परिवार एक रोजगारी कार्यक्रम कार्यान्वन गरियोस् ।
(ग) रोजगारीको अवसर नपाएकाहरुलाई निश्चित अवधिसम्म वेरोजगार भत्ता उपलव्ध गरियोस् ।

(७) भ्रष्टाचार नियन्त्रण गर्न प्रभावकारी कदम चालियोस् । यस क्रममाः
(क) विदेशमा लुकाएर राखिएका कालोधन देशभित्र ल्याउने, जफत गर्ने, शंकास्पद व्यक्तिहरुको बैंक खाता तत्काल रोक्का गर्ने तथा यस्ता अवैध कारोवार संलग्न व्यक्तिहरुलाई कानुन बमोजिम कार्वाही गर्ने काम तदारुकताका साथ कार्यान्वयन गरियोस् ।
(ख) सर्वोच्च अदालतको आदेश अनुरुप एनसेलले तिर्नुपर्ने पुंजिगत लाभकर लगायत सबै कर असुली गरियोस् तथा करछली प्रकरणमा संलग्न सबैलाई कानुन बमोजिक कार्वाही गरियोस् ।
(ग) ३८ क्विण्टल तथा ३३ किलो सुन तस्करीको छानविन गरि दोषीलाई कार्वाही गरियोस् ।
(घ) विना प्रतिस्पर्धा बुढिगण्डकी जलविद्युत अयोजना निर्माण र सञ्चालनको लागि दिईएको ठेक्का खारेज गरि उक्त आयोजना नेपालले नै निर्माण गरियोस् ।
(ङ) मेलम्ची खानेपानी आयोजनामा भएको घोटालाको छानविन गरि दोषीलाई कार्वाही गरियोस् ।
(च) नेपाल वायुसेवा निगमले खरिद गरेको वाईड बडि जहाज खरिदमा भएको अनियमितता र भ्रष्टाचारको छानविन गरि कानुन बमोजिम कार्वाही गरियोस् ।
(छ) २०४७ साल यताका उच्च पदस्थ व्यक्तिहरुको सम्पतिको छानविन गर्न न्यायिक छानवि आयोग गठन गरियोस् ।
(ज) राज्यकोषबाट सञ्चालित सबै निकाय र मन्त्रिपरिषदबाट नीतिगत निर्णयको आवरणमा हुने भ्रष्टाचार समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यक्षेत्रमा समावेश गर्ने ।

(८) महंगी तथा कालोबजारी नियन्त्रण गर्न प्रभावकारी संरचना र नीति कायम गरियोस् ।

(९) गौरक्षाको प्रभावकारी कार्ययोजना संचालन गरियोस् ।
यस क्रममाः
(क) कानुनद्वारा दण्डनीय रहेको गौहत्यालाई नियन्त्रण गरियोस ।
(ख) प्रत्येक गाउँपालिका तथा नगरपालिकामा कम्तिमा एउटा गौशाला निर्माण गरियोस्,

(१०) हाल आरक्षणको सुविधाबाट वञ्चित रहेका तर आर्थिक रुपमा विपन्न अन्य जातीय समुहलाई समेत सबै क्षेत्रमा कम्तिमा १० प्रतिशत आरक्षण गरियोस् ।

(११) दश कक्षासम्म संस्कृत शिक्षा अनिवार्य गरियोस् ।

(१२) पौष २७ गते पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस, फागुन ७ गते त्रिभुवन जयन्त िर प्रजातन्त्र दिवस राष्ट्रिय पर्वका रुपमा मनाउने तथा कृष्ण जन्माष्टमी र रामनवमीमा सार्वजनिक विदा दिईयोस ।

(१३) राष्ट्रिय राजस्वबाट तलब खाने कर्मचारी र शिक्षकहरुले पार्टीको सदस्यता लिन नपाउने व्यवस्था गरियोस् ।

(१४) सबै धर्म र सम्प्रदायका मन्दिर, मठ, गुम्वा, मस्जिद र चर्चको सञ्चालन र व्यवस्थापनमा सरकारी नियन्त्रण अन्त गरियोस् । यस क्रममा पशुपतीनाथ, लुम्बिनी र जानकी मन्दिरको सञ्चालन र व्यवस्थापनको जिम्मेवारी सम्बन्धित धर्म र सम्प्रदायका समुदायलाई तत्काल हस्तान्तरण गरियोस् ।

(१५) प्रशासन, शैक्षिक संस्था, कुटनितिक नियोग, संवैधानिक अंग जस्ता नियकायहरुलाई राजनीतिक हस्तक्षेप र प्रभावबाट मुक्त राख्ने तथा पार्टीगत आधारमा भागवण्डा, नियुक्ति, सरुवा बढुवा गर्ने कार्य अन्त गरियोस् ।

(१६) छिमेकी मित्रराष्ट्र भारतसँगको सन् १९५० को शान्ति तथा मैत्री सन्धि प्रतिस्थापन गरि नयाँ सन्धी गरियोस् तथा भारतसँगको खुला सिमा व्यवस्थित र नियमन गरियोस् ।

(१७) कालापानी, लिपुलेक र सुस्ता लगायतका क्षेत्रमा अतिक्रमित नेपाली भूमी फिर्ता लिन कुटनीतिक पहल गरियोस् ।

(१८) नागरिकता सम्बन्धि विवाद सधंैका लागि अन्त गर्नः
(क) प्रत्येक नेपालीले सहज र सरल ढंगबाट नागरिकता प्रमाणपत्र पाउन सक्ने व्यवस्था कायम गरियोस् ।
(ख) गैर नेपालीले समेत नेपाली नागरिकता प्रमाणपत्र लिएको सन्दर्भमा छानविन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गरियोस् तथा गैर नेपालीले लिएको नागरिकता खारेज गरियोस् ।

(१९) महिला विरुद्ध हुने सबै प्रकारका हिंसा र विभेद अन्त गर्न सशक्त कदम चालियोस् ।

(२०) कानुनद्वारा निषेधित सबै प्रकारका जातीय विभेद र छुवाछुत कडाईका साथ कार्यान्वयन गरियोस् तथा जातीय आधारमा मन्दिर प्रवेशमा लगाईएको भेदभावलाई हटाईयोस् ।

(२१) स्थानीय तहमा लगाएका अव्यवहारिक करहरु तथा तीन तहका सरकारबाट लगाईएका दोहरो कर तत्काल खारेज गरियोस् ।

(२२) विदेशमा रहेका नेपाली नागरिकहरुले समेत मतदान गर्न पाउने गरि आवश्यक व्यवस्था आगामी आम निर्वाचनबाट सुरु गरियोस् ।