१५ भाद्र २०८३, सोमबार
,
Latest
एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित रसुवा जाने वैकल्पिक सडक निर्माणमा मुख्यमन्त्री थापा आफैँ फिल्डमा रसुवा बाढी : ४ हजार २०२ जना बेपत्ता, तथ्यांक अझै यकिन नभएको प्राधिकरणको भनाइ तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात पाँच दिनपछि धुञ्चेमा‘जेनेरेटर’: निःशुल्क मोबाइल चार्ज,टुटेको आशालाई जोड्दै रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मानिस नभेटिएपछि सेना फर्कियो कांग्रेस काभ्रेद्वारा पार्टीको केन्द्रीय कोषलाई १७ लाख ६२ हजार हस्तान्तरण रसुवा बाढीमा परी निधन भएकाको पशुपति आर्यघाटमा निःशुल्क दाहसंस्कार गरिने रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिरोनासँग मड्रिडको लज्जास्पद हार, कप्तान रामोसलाई डबल पहेलो कार्ड



अ+ अ-

काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड जिरोनासँग २–१ गोलअन्तरले पराजित भएको छ ।

हिजो भएको खेलमा घरेलु टोली रियल मड्रिड १७ औं स्थानमा रहेको जिरोनासँग पराजित भएको हो । जिरोनाको जितमा क्रिष्टयन स्टुआनी र पोर्चुगुएज मान्जनेराले गोल गरे । यता रियल मड्रिडका लागि कासिमिरोले गोल गरे ।

रियलले सुरुवाती समयमै लिएको अग्रता जोगाउन सकेन । खेलको २५ औं मिनेटमा कासिमिरोले गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० गोलले पछि परेको जिरोनाले दोस्रो हाफमा दुई गोल गर्दै जित निकालेको हो ।

खेलको ६५ औं मिनेटमा पेनाल्टीबाट स्टुआनीले गोल गर्दै १–१ गोलको स्थितिमा ल्याएका थिए । त्यस्तै, ७५ औं मिनेटमा पोर्चुगुएजले गोल गर्दै २१ गोलको अग्रता दिलाए ।

खेलको ९० औं मिनेटमा रियलका कप्तान सर्जियो रामोसले डबल पहेलो कार्ड खाएसँगै रेड कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए ।

हारसँगै रियलले लिगको दोस्रो स्थानमा उक्लिने अवसरलाई गुमाएको छ । २४ खेलबाट रियलको ४५ अंक भएको छ । लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनाको भने २४ खेलबाट ५४ अंक हुदा दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडको २४ खेलबाट ४७ अंक छ ।