१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जम्मु–काश्मिरमा विद्रोही लडाकु र सेनाबिच गोली हानाहान, एक जना घाइते



अ+ अ-

काठमाडौँ । जम्मु–काश्मिरको सोमबार बिहान भिडन्त हुँदा भारतीय सेनाका चार जना मारिएका छन् । एक जना सैनिक घाइते भएका छन् ।

पुलवा जिल्लाको पिंगलेना भन्ने स्थानमा विद्रोही लडाकुहरु लुकेर बसेको सूचना पाएपछि सेना सो क्षेत्रमा परिचालित भएको थियो । त्यहीबेला गोली हानाहान भएको हो ।

अहिले गोली चल्न रोकिए पनि सेनाले घेराबन्दी गरेर अपरेशन जारी राखेको छ । प्रहरीका अनुसार सेनाका ५५ आरआर, सीआरपीएफ र एसओजीले संयुक्त अपरेशन सुरु गरेका छन् ।