३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’

विवाह भन्दा खर्चिलो व्रतबन्ध !

विवाह भन्दा खर्चिलो व्रतबन्ध !
अ+ अ-


गोदावरी । मौलिक रीतिथिति र संस्कृतिमा धनी मानिएको नेपाली समाजमा सकी नसकी त्यस्ता परम्परा धान्नै पर्ने मान्यता छ । सुन्दा अचम्म लाग्न सक्छ कि पहरी जातिमा विवाह भन्दा पनि व्रतबन्ध खर्चिलो हुने गर्छ । परम्परा धान्ने नाममा कतिपयलाई ऋण नै खोज्नुपर्ने अवस्थामा पु¥याउँछ । धेरैले घरखेत बन्धकीमा राखेर परम्परा धानेका हुन्छन् ।

गोदावरी नगरपालिका वडा नं ४ बडिखेलका ५५ वर्षीय नरबहादुर पहरीका नाति आशीषको ११ वर्षको उमेरमा व्रतबन्ध हुँदैछ । नरबहादुरले नातिको व्रतबन्धमा ३०० जना साथीभाइ, नातागोता र आफन्तलाई निमन्त्रणा गर्ने योजना बताउनुभएको छ ।

उहाँका अनुसार व्रतबन्धमा निमन्त्रणा गरिएकामध्ये २५ जना महिलालाई पछ्यौरा र चोलो, अनि २५ जना पुरुषलाई ७ हातको फेटा र टोपी बाँड्नै पर्ने चलन छ ।

नरबहादुरले भन्नुभयो – “बाजामा ३० देखि ५० हजार रुपैयाँ जति खर्च हुन्छ । घरका हरेक सदस्यलाई नयाँ लत्ताकपडा हालिदिनुपर्छ । चौध थरिका गेडागुडी भिजाएर सितन बनाउनुपर्छ । स्वस्थानी व्रतकथाको अन्तिम दिन देवालीमा व्रतबन्ध गर्ने चलन हुँदा अनिवार्य हाँस, कुखुरा, बोका र कुमारीपाठीको मासु चाहिन्छ । सगुनमा जाँड, रक्सी, छ्याङ्ग, अण्डा, पान र माछा सबैको जोडजाम गर्न र भोज खुवाउन झण्डै ५ लाख खर्च हुने अनुमान गरेको छु ।”

बडिखेल घर भएका राजु पहरी र सरस्वती प्रहरीका ११ वर्षीय छोरा अजय पहरीको भोलि फागुन ७ गते व्रतबन्ध हुँदैछ । छोरोको व्रतबन्धमा ४०० जना साथीभाइ र नातागोतालाई उहाँ निमन्त्रणा गर्दै हुनुहुन्छ ।

व्रतबन्ध अघिपछि गरी लगभग एक हप्ताको भोज, तीन वटा खसी, दुई वटा हाँस, तीन वटा कुखुराको भाले, तीन बोरा चामलको जाँड, १०० लिटर रक्सी, बाजा र भाँडाकुँडा सबै गरी पाँच देखि साढे पाँच लाख रुपैयाँ जति खर्च हुने उहाँ अनुमान गर्नुहुन्छ ।

त्यसैगरी, बडिखेल निवासी ५४ वर्षीय अलैची पहरीका १३ वर्षीय नाति विकल पहरीको पनि भोलि नै व्रतबन्ध छ । अलैचीको डाक्नुपर्ने पाहुनाको सूची ६०० देखि ७०० जनासम्मको छ ।

उहाँले भन्नुभयो – “नजीकका पुरुष आफन्तलाई २०० वटा फेटा, टोपी र २०० वटा पछ्यौरा चोलो, धोती बाँड्नुपर्छ ।” दुई वटा पोथी हाँस, पाँच वटा कुखुराको भाले, एउटा कुमारीपाठी, ४ वटा खसी, ३० किलो कुखुराको मासु, बाजा, भोज र भाँडाकुडा किनमेलमा ६ देखि ७ लाख खर्च हुन्छ ।”

नेपाली समाजमा आ–आफ्नो परम्परा र संस्कारअनुसार विवाह तामझामका साथ गर्ने चलन छ । कतिपयले आफ्नो हैसियत नभए पनि अरुलाई देखाउन कै लागि बढी खर्च गर्छन् । विवाहमा धेरैजसो मानिसको बढी नै खर्च हुने गर्छ । बडिखेलका पहरी जातिको व्रतबन्ध विवाह भन्दा पनि महङ्गो हुने गर्छ । पहरी परम्परा, संस्कृति र रीतिरिवाज नेवार समुदायको जस्तै देखिए पनि कुनै रुपमा मेल नखाने पहरी अग्रज दलबहादुर पहरीले बताउनुभयो ।

पहरीले हरेक वर्ष स्वस्थानी व्रतकथा समाप्तिको अन्तिम दिन देवाली गर्ने गर्छन् । यही देवालीमै उनीहरुको व्रतबन्ध गर्ने सदियौँ पुरानो चलन छ । पहरीको व्रतबन्धमा विवाहमा जस्तै विभिन्न प्रकारका बाजागाजा राख्नैपर्छ ।
यो जातिमा प्रेम विवाह गर्ने चलन बढी छ । हरेक बिजोर वर्ष छोरो नातिको व्रतबन्ध हुने गर्छ । यदि व्रतबन्ध गर्न आँटेको वर्ष कुनै छेकथुन भएमा अर्को बिजोर वर्षमा छानिन्छ ।

यस जातिमा देवालीका दिन प्रत्येक घरबाट हाँस अनिवार्य निकाली काट्ने चलन रहेको छ । हाँस बिना देवाली हुँदैन । स्थानीयवासी पवित्रा पहरीले भन्नुभयो – “हाँस काट्ने, चामलको रोटी (चटामरी) पकाउने, कुलदेवतालाई चढाउने र रोटीमाथि हाँसको टाउको राखेर घरको थकालीलाई दिने चलन छ । सादा चामलको रोटीमा हाँसको फिला हाली सासू र जेठानीलाई घरकी कान्छी बुहारीले दिने चलन अझै कायम छ ।”

यस जातिको व्रतबन्धमा मामाभारी र फुपूभारी ल्याउने चलन छ । भान्जाको व्रतबन्धमा मामाले लुगा, जुत्ता, गहना गाग्रो, करुवा, पूजाको थाली, १४ थरीका काँचो वा पाकेका सितन, जाँड, रक्सी, चिउरा र मासु दिन्छन् ।

भान्जाको व्रतबन्ध सम्पन्न गरी मामामाइजूलाई विदा नगरेसम्म उनीहरु भान्जाको घरमा बस्ने चलन छ । भान्जाको व्रतबन्ध सम्पन्न गरेर घर फर्कंदा उनीहरुलाई काटेर खुइल्याइएको बोकाको फिलामा चार÷पाँच हजार रुपैयाँ राखेर धूपबत्ती बाली पूजा गरी विदा गर्नुपर्छ ।

स्थानीयवासी मैया पहरीले भन्नुभयो – “फुपू पनि भदा वा माइतीले व्रतबन्ध समाप्ति पछि विदा नगरेसम्म माइती नै बस्नुपर्छ । फुपूले भदाको व्रतबन्धमा काटेर खुइल्याइएको कुमारीपाठीलाई धूपबत्ती बालेर पूजा गर्नुपर्छ । मामामाइजूले भान्जाको व्रतबन्धमा जति रकम हालेका हुन्छन् त्यसको आधा रकम फुपूले पनि भदालाई हालिदिनु पर्छ ।”

व्रतबन्धको चार दिनपछि मामामाइजू र फुपूलाई उनीहरुले ल्याएको भोज वा सामग्रीमा आधा फर्काउनुपर्छ । आफन्तसहित मामामाइजू र फुपूलाई मादल बजाएर उनीहरुले सगुनका साथ गीत गाउँदै घर फर्काउने पुरानो चलन छ । यो चलन नेपालका अन्य जातिका चलनसँग मेल खाँदैन ।

पहरी जातिको घरमा हरेक महिनामा कम्तीमा एक वा दुईवटा चाडपर्व आई नै रहेको हुन्छ । बाँसको सामग्री निर्माण गर्ने यो जातिको पुख्र्यौली पेशा हो । बडिखेलका ६० प्रतिशत पहरीले बाँसको हस्तकला सामग्री निर्माण गरी आफ्नो दैनिकीका साथै चाडपर्व र परम्परा धान्दै आएका छन् ।