१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कारखाना मजदुरको छोराबाट जसले फुटबल खेलाडीको नाम बनाए



अ+ अ-

काठमाडौं । विश्वकै नम्बर एक फुटबलरका रुपमा ख्याती कमाएका लियोनल मेस्सीको गोल कलामा लठ्ठिने विश्वमा लाखौं छन् । उनले आफ्नो ‘जेनेरेसन’मा फुटबलमा बाजी मारेकै हुन् । तर, मेस्सीको सफलताको कथा निमर्म छ । उनको फुलबल यात्रा कतिपय मोडमा भाग्यले डोहोर्याएको देखिन्छ । बाल्यकालदेखि उनको जीवन पछ्याउँदा मेस्सी भाग्य र संघर्षको बराबरी ‘इफोर्ट’मा यहाँसम्म आइपुगेका हुन् ।


निर्मम बाल्यकाल

मेस्सीको जन्म सन् २४ जुन, १९८७ मा रोसारियो, अर्जेन्टिनामा जर्ज मेस्सी (एक कारखाना मजदुर) र सीलिया (उर्फ कुक्कीटिनी एक अंशकालिक क्लीनर) दम्पतिको घरमा भएको थियो । उनको पुर्खाको उद्गम इटालीको सहर एङ्कोनाबाट भयो, जहाँ बाट सन् १८८३ मा उनको पूर्वज, एञ्जलो मेस्सी अर्जेन्टिनामा प्रवेश गरेका थिए । उनको रडरिगो तथा मेशियस नाम गरेका दुई दाजुहरूका साथै मारिया सोल नाम गरेकी एक बहिनी पनि छन् ।

गरिब हुनुको पीडा
मेस्सी रोगी थिए, तर उनको रोगविरुद्ध लड्न अविभावकसँग पैसा थिएन । मध्यमबर्गीय परिवारका लागि मेस्सीको उपचार असम्भव थियो । आमा–बाबु गरिब थिए । छोराको उपचारमा अर्काको सहयोगको आश गर्नुको विकल्प उनीहरुसँग थिएन । त्यतिखेर मेस्सीको हालत देखेर उनकी हजुरआमा निकै रुन्थिन् । मेस्सीलाई हजुरआमाले निकै मायाँ गर्थिन् । मेस्सी आज पनि हजुरआमाको त्यो प्रेमलाई मिस गरिरहन्छन् ।



अनि, मेस्सीको पहिलो भाग्य खुल्यो


उपचार अभावमा मेस्सीको मृत्युसम्म हुन सक्ने चिन्ताले परिवार ग्रसित थियो । त्यतिबेला शारीरिक विकास रोकिन्थ्यो भने मेस्सीलाई आज फुटबलका जादूगरको रुपमा देख्न सायद मुस्किल हुन्थ्यो ।
मेस्सी पाँच बर्षको उमेर देखि आफ्ना बुवा जर्ज मेस्सीले प्रशिक्षण गरिरहेको एक स्थानीय क्लब ग्रैन्डोलीको लागि फुटबल खेल्न आरम्भ गरे । सन् १९९५ मा मेस्सी आफ्नो गृहनगर रोसारियोमा अवस्थित न्युवेल ओल्ड ब्वाइज क्लबको लागि खेल्न शुरू गरे ।

११ वर्षको उमेरमा उनको प्रारम्भिक परीक्षणमा शारीरिक विकास हार्मोनको कमी पाइयो । प्राथमिक डिभिजन क्लब रिभर प्लेटले मेस्सीको उपचार प्रति चासो देखायो तर क्लबसँग उनको उपचारको लागि पर्याप्त सम्पति थिएन किनभने उनको उपचारमा प्रति महिना ९०० अमेरिकी डलर लाग्थ्यो । लेइडा, क्याटालोनियामा रहेका मेस्सीका एक जना आफन्तले बार्सिलोनाका खेल प्रबन्धक कार्ल्स रिक्सैकलाई मेस्सीको प्रतिभाको बारेमा बताए र मेस्सी र उनको बुवाको लागि परीक्षण दिने व्यवस्था मिलाए । उनको खेल परीक्षण गरे पछि बार्सिलोनाले उनलाई यदि उनी स्पेन स्थान्तरित हुन तयार छन् भने उनको उपचार खर्च ब्यहोर्ने शर्तमा अनुबन्धन गर्यो । त्यस पछि मेस्सी सपरिवार युरोप स्थान्तरित भए र बार्सिलोनाक्लबको युवा टिममा खेल्न शुरू गरे । तत्काल कार्लेसले न्यापकिन पेपरमा लेखेर मेस्सीलाई बार्सिलोनामा अनुबन्ध भएको पत्र थमाए । यतिबेला मेस्सी १३ वर्षका थिए ।


मेस्सीको उपचार भयो, फुटबल पनि खेल्दै गए । १८ वर्षको उमेरमा २००५ मा उनले पहिलो अन्तर्राष्ट्रिय म्याच खेल्ने मौका पाए । विश्व फुटबल बजारमा नाम फैलाउने यो नै पहिलो अवसर थियो । तर, उनको त्यो खेल जम्मा ४७ सेकेण्डको रह्यो । किनभने, खेल्दाखेल्दै रेड कार्ड पाएका थिए ।


त्यसपछि हजुरआमालाई झन् मिस गर्न थाले


मेस्सी हजुरआमाका निकै प्रिय नाती थिए । जब उनी रोगबाट छुट्कारा पाएर फुलटबल मैदानमा होमिए, हजुरआमालाई झन् धेरै मिस गर्न थाले । आफू १० वर्षको छँदा संसार छाडेर गएकी हजुरआमालाई पलपल सम्झिन थाले । त्यसपछि उनले आफ्ना हरेक गोलमा हजुरआमालाई सम्झिन्छन् । हरेक गोल गर्दा मेस्सी हावामा दुई हात उठाउँछन् । यसो गर्नुको रहस्य एक अन्तर्वार्तामा उनले खुलाएका छन्, ‘मैले मेरी हजुरआमालाई खुसी देखाउन यसो गर्छु, मलाई विश्वास छ हजुरआमा अहिले पनि स्वर्गबाट मेरो खेल हेरिरहेकी छिन् ।’

व्यक्तिगत जीवन

मेस्सी एक चरणमा, आफ्नो गृहनगर रोसारियोको माकारीना लीमोससँग रूमानी तरिकामा आवद्ध थिए। उनी भन्छन् कि जब उनी २००६ विश्वकप शुरू हुनु भन्दा केही दिन पहिले चोटबाट मुक्ति पाउनको लागि रोसारियो फर्किए थिए तब केटीको बुवाले नै उनीसँग परिचय गराएका थिए। अतीतमा पनि उनको नाम अर्जेन्टिनी मोडल लूसियाना सालाजारसँग जोडिएको थियो।जनवरी २००९मा उनले च्यानल ३३को एक कार्यक्रम ह्याट–ट्रिक बार्सामा भने मेरो एउटा प्रेमिका छ र उनी अर्जेन्टिनामा बस्छिन, म निश्चिन्त र खुशी छु । उनी बार्सिलोना–एस्पेनयल डर्बी पछि, सिटजेसको एक कार्निवलमा एन्टोनेला रोकुजो नामक युवती सँग देखिए। रोकुजो पनि रोसारियो कै वासिन्दा हुन्।

फुटबल क्षेत्रमा उनको दुई काकाका छोराहरू म्याक्सी र इमान्युअल बियानकुची पनि छन। म्याक्सी पाराग्वेको क्लब ओलम्पियाका विङ्गर छन र इमान्युअल बियानकुची स्पेनको गिरोना एफसीमा मध्यपंक्ति छन्।

भिडियो गेम प्रो इभोल्यूशन सकर २००९ र प्रो इभोल्यूशन सकर २०११को मुखपृष्ठमा उनको तस्बीर अङ्कित छ र उनी यस खेलको प्रचार अभियानमा पनि समावेश छन् । मेस्सी, प्रो इभोल्यूशन सकर २०१०मा फर्नान्डो टोरेससँगे देखिएका छन् र यसको मोशन कयाप्चरिङग र ट्रेलरमा पनि शामिल थिए । मेस्सीको प्रायोजन जर्मन स्पोर्ट्सवेयर कम्पनी एडिडासले गरेको छ र उनी यसकोको टेलिभिजन विज्ञापनहरूमा पनि उनी देखिन्छन् ।

हालसम्म आइपुग्दा

५ सय ६६ गोल गरेर बार्सिलोनाका कीर्तिमानी गोलकर्ता । ला लिगाका ४ सय २८ खेलमा ३ सय ९२ गोल । च्याम्पियन्स लिगका १ सय २७ खेलमा १ सय ५ गोल । अर्जेन्टिनाबाट १ सय २८ खेलमा ६५ गोल गरेका छन् ।

९ पटक ला लिगा विजेता, ६ पटक कोपा डेल रे, ८ पटक सुपरकोपा, चार पटक च्याम्पियन्स लिग, ३ पटक सुपर कप सातै ३ पटक क्लब विश्वकप । पाँच पटकका बालोन डि’ओर विजेता । पाँच पटक युरोपियन गोल्डेन सुज विजेता बनिसकेका छन् ।