१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागेश्वर गल्लीमा रहेको भट्टीमा प्रहरीको छापा, १७ हजार लिटर घरेलु मदिरा बरामद



अ+ अ-

काठमाडौँ । प्रहरीले काठमाडौँको महानगरपालिका–६ स्थित नागेश्वर गल्लीमा रहेको भट्टीमा प्रहरीले छापा मारेको छ ।

अवैध मदिरा बनाउने गरिएको सूचनाको आधारमा बिहिवार महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्द नेतृत्वको टोलीले भट्टीबाट १७ हजार लिटर अबैध घरेलु मदिरा बरामद गरेको हो ।

यस्तै, तीन–तीनवटा ग्यास चुलो र सिलिण्डर, ७८ थान दुई सय लिटरको प्लाष्टिकको ड्रम र ४० वटा ४० लिटरको ड्रम पनि बरामद गरेको छ ।