८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण

रेडियोले जोड्यो ‘मित–मितिनी’ सम्बन्ध

रेडियोले जोड्यो ‘मित–मितिनी’ सम्बन्ध
अ+ अ-

बाँके । उहाँलाई धेरैले रेडियोप्रेमी भनेर चिन्छन् । रेडियोका सबैजसो फोन संवाद कार्यक्रममा उहाँ संवाद गर्न भ्याइहाल्नुहुन्छ । आफ्नो परिचय दिने क्रममा नामको अन्तिममा ‘रेडियोप्रमी वान’ जोडिहाल्ने ४८ वर्षीय श्याम नेपाल आयल निगम नेपालगञ्जमा कार्यरत कर्मचारी हुनुहुन्छ ।

साथीभाइसँग सहजै निकटता बनाउनसक्ने उहाँको खुबी हो । उहाँ नयाँ साथीसँग छिट्टै नजिक बन्नुहुन्छ र सक्ने सहयोग गर्न तयार हुनुहुन्छ । नेपालगञ्ज उपमहानगरपालिका–१९ निवासी श्याम यहाँका विभिन्न एफएम स्टेशनले चलाउने फोन संवाद कार्यक्रममा फोन गरेर अन्तरक्रिया गरिरहनुहुन्छ ।

नेपालगञ्जका प्रायः सबैजसो एफएम स्टेशनका साङ्गीतिक कार्यक्रममा फोन संवाद गरिरहने श्यामले रेडियोबाटै रेडियोप्रमीको परिचय बनाउनुभएको छ । रेडियोमा प्रसारण हुने फोन संवाद कार्यक्रमसँगै अन्य मनोरञ्जनात्मक कार्यक्रममा समेत उहाँको फोन संवाद भइरहन्थ्यो । त्यही फोन संवादका माध्यमबाट उहाँले ‘मितिनी’को नाता गाँस्नुभयो ।

बाँके बैजापुरकी श्यामकुमारी चौधरीको रेडियोमोह पनि उस्तै छ । उहाँ पनि रेडियो हिमालका सबै कार्यक्रममा फोन संवाद गरिरहनुहुन्छ । राप्तीसोनारी गाउँपालिका–५ बिनौना निवासी स्नातकसम्मको पढाइ पूरा गर्नुभएकी २९ वर्षीया श्यामकुमारी गाउँकै अगुवा महिलामात्रै नभई शिक्षितमध्येमा गनिनुहुन्छ । सामाजिक विभेदविरुद्धका अभियानमा उहाँको सहभागिता छुट्दैन । गाउँ, समाजमा हुने विभिन्न विभेद विरुद्धका अभियानकर्मीका रुपमा परिचय बनाउनुभएकी श्यामकुमारी सोच सकारात्मक भए परिवर्तन सम्भव भएको ठान्नुहुन्छ ।

श्याम गिरी र श्यामकुमारी चौधरीको उमेर अन्तर करीब १९ वर्ष छ । थर र लिङ्ग फरक भए पनि एउटै रेडियोमा एउटै नामका दुई पात्रले फोन संवाद गरिरहनुहुन्थ्यो । रेडियोमा हुने फोन संवादले श्याम र श्यामकुमारीलाई नजिक बनायो र अन्ततः उहाँहरुले मितेरी लगाउनुभयो ।

सायद महिला र पुरुषबीचको यो मितेरी सम्बन्ध नेपालमै पहिलो र प्रेरणादायी मान्न सकिन्छ । रेडियोका कार्यक्रममा हुने फोन संवादले उहाँहरुलाई मित र मितिनीको नातामा बाँधिदिएसँगै उहाँहरु दुवैका परिवारलाई एउटै परिवारजस्तो बनाइदिएको छ, अर्थात् दुवै परिवार एक भएजस्तो बनाइदिएको छ ।

“नाम मिलेपछि रेडियो संवादकै क्रममा फोन नं आदानप्रदान भयो”, उहाँहरु भन्नुहुन्छ, “हामीले मित र मितिनी भनेर एकअर्कालाई सम्बोधन ग¥यौँ । यो सम्बन्ध पारिवारिक रूपमा पनि निकट भयो ।” उहाँहरु आफूलाई भाग्यमानी ठान्नुहुन्छ । सबैले समान लिङ्गबीच मितेरी लगाउँछन्, तर उहाँहरुबीचको मितेरीको सम्बन्ध बिल्कुलै नौलो छ ।

श्याम भन्नुहुन्छ, “रेडियोमा नाम सुनँे, मेरै नाम रहेछ, मात्रै जात र लिङ्ग फरक, तर पनि मैले उहाँलाई मितिनीको नाता लगाएँ । केहीले शङ्का गरे । मैले त्यो शङ्कालाई प्रष्ट्याएँ । हामी दुवैको एकअर्काका परिवारसँग भेटघाट आउजाउ हुन्छ ।” दुई परिवारलाई रेडियोले एउटै परिवार बनाइदिएको भन्दै उहाँहरु खुशी व्यक्त गर्नुहुन्छ ।

श्यामकुमारी भन्नुहुन्छ, “सकारात्मकरूपमा हामी दुई परिवार एक भएका छौँ । मान्छेले के बुझ्दछन् वा कुन दृष्टिले हेर्छन्, त्यसमा हामीलाई वास्ता छैन । हामी पारिवारिकरूपमा एउटा परिवार भएका छौँ । महिला र पुरुषबीचको विभेद अन्त्यको यो एउटा गतिलो उदाहरण पनि हो ।”

नकारात्मक विकारले भरिएका सोचहरुले अरुलाई राम्रो होइन, शङ्काको दृष्टिले हेर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “हाम्रा सोचकै कारण समाज अझै पनि पछाडि परिरहेको छ, हाम्रो मितेरीको सम्बन्धलाई हामी र हाम्रो परिवारले मानिसकेको छ । मैले यसलाई सूचना र प्रविधिले लगाएको गुणका रूपमा मानिरहेकी छु ।”