८ पुष २०८२, मंगलवार
,
Latest
रबि लामिछाने भन्छन्: भेटघाट सुरु भएको छ, नयाँ शक्तिहरुलाई एकीकृत गर्छौं कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान, महाधिवेशन कार्यतालिकामा छलफल हुने व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार दिगो पर्यटनको लागि सबै जिम्मेवार हुनुपर्नेमा जोड नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ: नेता पौडेल राष्ट्रपतिद्वारा तीन ठूला दलका शीर्ष नेतासँग छलफल आह्वान मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु काठमाडौँको तापक्रम आज यस वर्षकै कम आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट: खेल तालिका सार्वजनिक चौथो एसेज टेस्टका लागि अस्ट्रेलियाको टोली घोषणाः कमिन्स बाहिर, स्मिथ कप्तानमा फर्किए
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ गोल्डेन्सद्धारा खेल बहिस्कार, डीपीएलको कुनै पनि संस्करण नखेल्ने घोषणा



अ+ अ-

काठमाडौँ । काठमाडौँ गोल्डेन्सले धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिताको कुनै पनि संस्करण नखेल्ने घोषणा गरेको छ ।

बिहीबार गोल्डेन्सका अलराउन्डर विदेशी खेलाडी अंकित दबासलाई डीपीएलको टुर्नामेन्ट टेक्निकल कमिटीले आगामी खेलमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि उक्त निर्णय गरेको हो ।

गोल्डेनले त्यसकै विरोधमा आज हुने भनिएको महेन्द्रनगर युनाइटेडविरुद्धको खेलपनि बहिस्कार गरेको छ ।

काठमाडौं गोल्डेन्सले क्वालिफायर खेल बहिस्कार गरेपछि महेन्द्रनगर युनाइटेड धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।

अब डीपीएलको फाइनलमा महेन्द्रनगरले सीवाईसी अत्तरियासँग खेल्नेछ ।