१५ भाद्र २०८३, सोमबार
,
Latest
हिमालयन बैंकको अध्यक्षमा पूर्वमुख्यसचिव डा. बैकुण्ठ अर्याल हिमालयन बैंकद्वारा रसुवा बाढीपीडितको उद्धार तथा पुनःस्थापनाका लागि ३ करोड १ लाख सहयोग भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३३ घाइते डिस्चार्ज शान्ति उद्यानले खोल्दैछ मनोरञ्जनसँगै आम्दानीको ढोका भोटेकोशी बाढीः उद्योग वाणिज्य सङ्घ कञ्चनपुरका अध्यक्ष मल्लद्वारा पाँच लाख सहयोग रसुवामा विद्युत् आपूर्तिका लागि साञ्जेन जलविद्युत् गृह ‘आइसोलेटेड मोड’मा सञ्चालन गरिने बाढी प्रभावितको उद्धारमा ढिलाइ नगर्न कांग्रेसको आग्रह, सांसदको तलब सहयोग गर्ने निर्णय त्रिशूली–३ बीको सुरुङमा फसेकाको खोजी गर्न सेनाले खन्ने काम तीव्र पार्‍यो नेप्से परिसूचक ४३ अङ्कले घट्यो केरुङ नाका जोड्ने अवरुद्ध सडक खुलाउन उद्धारकर्मीको प्रयास तीव्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदको कठघरामा मन्त्री बीना : एक अर्ब भ्रष्टाचार भयो भन्ने कुरा अफबाह मात्रै हो



अ+ अ-

काठमाडौँ । खानेपानी मन्त्रालयका गतिविधिबारे जबाफ दिन उपस्थित मन्त्री बीना मगरले आफ्नो कार्यकालमा कुनै भ्रष्टाचार नभएको बताएकी छिन् । शुक्रबार बसेको संसदको बैठकमा सांसदहरुको प्रश्नको उत्तर दिंदै मन्त्री मगरले मेलम्ची आयोजनामा भएको भनिएको भ्रष्टाचार
भ्रष्टाचार भयो भन्ने कुरा अफबाह मात्रै भएको बताइन् ।

प्रतिनिधि सभामा मन्त्री मगरलाई प्रश्न गर्दै कांग्रेसका सांसद गगनकुमार थापाले भने, “मेलम्चीको खानेपानी योजनामा भ्रष्टाचार भयो भन्ने मन्त्री र सचिव बीच आरोप प्रत्यारोप भइरहेको छ । दोषी को हो हामीले जान्न पाउनु पर्छ, दोषीलाई कारबाही हुनुपर्छ ।”

थापाको प्रश्नको जबाफ दिँदै मन्त्री मगरले आफू मन्त्री भइसकेपछि हालसम्म ८४ करोड रुपैयाँ मात्रै भुक्तानी भएको बताउँदै एक अर्ब भ्रष्टाचार भयो भन्ने कुरा अफबाह मात्रै भएको बताइन् ।