८ पुष २०८२, मंगलवार
,
Latest
पोर्चुगल र रोमानिया पठाइदिने भन्दै ठगी गर्ने पक्राउ शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ जेन–जी घटना जाँचबुझ आयोगद्वारा तीन उच्च पदस्थ अधिकारीमाथिको यात्रा रोक फुकुवा पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार जेनजी आन्दोलनका सहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना राष्ट्रपतिसँग चीनका राजदूत सङको बिदाइ भेट एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको आलोचकलाई दण्ड दिने गरी कानूनी व्यवस्था बनेको छ : थापा



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्रीको आलोचना गर्नेलाई सरकारले कारबाही गर्न खोजेको आरोप लगाएका छन् ।

शुक्रबार बसेको संसद बैठकमा सूचना प्रविधिसम्बन्धी विधेयकमाथि छलफलमा भाग लिँदै उनले प्रधानमन्त्रीका आलोचकलाई दण्ड दिने गरी कानूनी व्यवस्था बनाउन लागेको आरोप लगाएका हुन् । ‘सम्माननीय प्रधानमन्त्रीले प्रत्येक दिन अरुलाई होच्याउन मिल्ने, जिस्क्याउन र भन्न मिल्ने’ उनले भने ‘तर त्यसका बारेमा आलोचना गर्‍यो भने त्यही होच्याएको नाममा कसैले दण्ड पाउनेवाला छ ।’

सरकारले नियत नै खराब राखेर सूचना प्रविधिसम्बन्धी विधेयक ल्याउन लागेको थापाले आरोप लगाए । सरकारले कानून बनाउँदा संविधानमा भएको वाक स्वतन्त्रताको विषयलाई ध्यान नदिएको पनि बताए ।

कांग्रेस सांसद थापाले विधेयकमा भएको व्यवस्थाअनुसार सामाजिक सञ्जालहरु दर्ता गर्न नआएमा सरकारले गर्न चाहेको के हो ? भनी प्रश्न गरे । ‘दर्ता हुन आएन भने बन्द गर्ने सरकारको चाहना हो ?’ थापाले सोधे ।