१५ भाद्र २०८३, सोमबार
,
Latest
राहत कोषको नाममा नक्कली खाता र क्यूआर बनाएर ठगी, सतर्कता अपनाउन राष्ट्र बैंकको आग्रह रसुवा बाढीका कारण ‘एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२६’ भदौ २८ मा सारियो रवि लामिछानेद्वारा राष्ट्रपति पौडेललाई बाढीपछिको उद्धार र राहतबारे ब्रिफिङ बाढी प्रभावित क्षेत्रमा टेलिकमको सेवा पुनःस्थापना तीव्र, ११० साइट सुचारु त्रिशूली पारीको भूभाग सडक सञ्जालमा जोडियो पनौती नगरपालिकाले बाढी प्रभावितलाई ३० लाख सहयोग गर्दै विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगर्ने पत्रपत्रिकाले लोककल्याणकारी विज्ञापनको रकम नपाउने बाढीपहिरोमा ज्यान गुमाएकाको पशुपतिमा निःशुल्क दाहसंस्कार र कृयापुत्री सेवा सुनौलीमा शान्तिदीप बाल्दै भारतीय पत्रकारले भने ‘नेपालको दुःख हाम्रो पनि दुःख हो’ भोटेकोशी बाढीः १० हजार ४५१ को उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्सिलोनाबाट मेस्सीसँग फुटबल खेल्न चाहन्छु : रोनाल्डो



अ+ अ-

काठमाडौँ । युभेन्टसका अग्रपङ्क्तिका फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले बार्सिलोनाका कप्तान लियोनल मेस्सीसँग एउटै कल्वबाट खेल्ने चाहाना राखेका छन् । बार्सिलोना कल्व स्पेनकै उत्कुष्ट भएको भन्दै उनले उक्त कल्वबाट एक खेल मेस्सीसँग खेल्ने इच्छा व्यक्त गरेका हुन् ।

बिहिबार इटालीको स्थानीय रेडियो RTL सँग कुरा गर्दै रोनाल्डोले बार्सिलोनापछि रियल म्याड्रिड कल्व उत्कृष्ट लाग्ने बताए । उनले भने,’उत्कृष्ट कल्वबाट उत्कृष्ट खेलाडिहरुसँग खेल खेल्न चाहन्छु ।’

पत्रकारको प्रश्न रोनाल्डोलाई थियो-मेस्सीलाई बार्सिलोनामै देख्न चाहनु हुन्छ कि अन्य कल्बबाट खेलेको देख्न चाहानुहुन्छ ? रोनाल्डोले भने, “उनलाई उत्कृष्ट बनाउने कल्वबाटै उनि खेलुन भन्ने चाहाना हो । उनले बार्सिलोनाबाटै खेलेको देख्न चाहान्छु ।”

“आफु र फुटबलमा जुन नाता छ त्यहि मेस्सी र ममा पनि भएको कारण मेस्सी सधै उत्कृष्ट हुन् भन्ने चाहाना रहेको छ ।”उनले भने,फुटबलको मैदानमा अबस्था हेरेर कडा र नरम हुनुपर्ने अवस्था भएपनि खेल मैदान बाहिर त्यस्तो सम्बन्ध खासै छैन् केहि झगडा छैन् ।

समय मिलेमा यहि बर्ष भित्र बार्सिलोना कल्बमा खेल खेल्न आउने उनको भनाई रहेको थियो ।