८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

पाकिस्तानी दुई संस्था प्रतिबन्धित

पाकिस्तानी दुई संस्था प्रतिबन्धित
अ+ अ-

इस्लामावाद । पाकिस्तान सरकारले यहाँका दुइ ओटा संगठनलाई पुनः प्रतिबन्ध लगाएको जनाएको छ । ती संस्थालाई संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले पनि आर्थिक प्रतिबन्ध लगाउनुपर्ने सूचीमा राखी सकेको छ ।

आर्थिक क्रियाकलापहरुमा प्रतिबन्ध लगाउन राष्ट्रसंघले यसअघि नै सिफारिश गरेका ती दुई संस्थालाई पाकिस्तानको सरकारले पनि प्रतिबन्ध लगाएको हो ।

भारत प्रशासित काश्मिरमा भएको हालैको आतंककारी हमलापछि ती संस्थालाई प्रतिबन्धित गरिएको बताइएको छ । ती संस्थामाथि यसअघि पाकिस्तान सरकारले प्रतिबन्ध लगाएको तर बीचमा फुकुवा गरेको थियो । भारत प्रशासित काश्मिरमा हालैमात्र भएको आतंककारी हमलापछि बिहीबार पुनः ती संस्थामाथि प्रतिबन्ध लगाइएको हो ।

पाकिस्तान सरकारका सुरक्षा निकाय र राष्ट्रिय सुरक्षा परिषदको बैठकपछि बिहीबार ती संस्थामाथि प्रतिबन्ध लगाइने निर्णय भएको अधिकारीहरुले जनाएका छन् ।
पाकिस्तान सरकारका उच्च सैन्य तथा प्रहरी अधिकारीहरुको सहभागितामा सो निर्णय भएको पाकिस्तान सरकारले जनाएको छ ।


पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बिहीबार राष्ट्रिय सुरक्षा अंगका प्रमुखहरुसँग बैठक र परामर्श गरेर ती दुइ ओटा संगठनमा प्रतिबन्ध लगाउने निर्णय गरिएको बताइएको छ ।

जमात उद दवा र फलाह–ए–इन्सानियत नामका ती संगठनमाथि प्रतिबन्ध लगाइएको हो । ती दुई पाकिस्तानी संगठनको लस्कर–ए–तोइबा नामक आतंककारी संगठनसँग सम्बन्ध रही आएको पाइएको जानकारी यसअघि नै संयुक्त राष्ट्रसंघले जनाएको थियो ।

पाकिस्तानी लस्कर–ए–तोइबा नामक आतंककारी संगठनले भारत प्रशासित काश्मिरमा आतंककारी क्रियाकलाप गर्दै आएको छ ।
हालैमात्र त्यहाँ आक्रमण गरेर भारतीय सुरक्षा अधिकारी र सर्वसाधारणको ज्यान लिने काममा पनि सो संगठनको नाम आएको छ ।

उक्त संगठनले पनि पाकिस्तान तथा भारतीय काश्मिरी क्षेत्रमा हिंसात्मक हमलाहरु गर्दै आएको छ । उक्त संगठनका कारण भारतीय पक्षमा हिंसा भड्काउने गरिएको भारतले बताउने गरेको छ ।